२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

दुधराक्ष युवा क्लबद्वारा बृहत रक्तदान, ७५ युनिट रगत संकलन

आइतवार , जेठ ३०, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • सैनामैना, जेठ ३०

    कोरोना कहरको बेला रगतको अभाब हुन नदिन रुपन्देहीमा विभिन्न संघसस्था तथा क्लबहरुको समन्वयमा रगत संकलन कार्यले तिव्र पाएको छ । आज पनि सैनामैनामा रहेको दुधराक्ष युवा क्लबको आयोजनामा बृहत रक्तादान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटि रुपन्देही जिल्ला शाखाको प्राविधिक सहयोगमा ७५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक किरन पोख्रेलले जानकारी दिए ।

    सैनामैना वडा न.६ कलौनीमा भएको कार्यक्रम दुधराक्ष युवा क्लबका अध्यक्ष विष्णु पाण्डेको अध्यक्षता, सैनामैना वडा न.६ का वडा अध्यक्ष बसन्त पाण्डेको प्रमुख आतिथ्यता तथा समाजसेवी चेतनारायण न्यौपानेको आतिथ्यतामा रहेको थियो ।

    कार्यक्रममा सैनामैना वडा न.६ का वडा अध्यक्ष बसन्त पाण्डेले नगरपालिकाले क्लबलाई निरन्तर साथ र सहयोग गर्ने र रक्तदान जस्तो पवित्र कार्य गरेको प्रति कृतज्ञता ब्यक्त गरे ।रगत अभावका कारण कसैको मृत्युबरण नहोस भन्ने उदेश्यले नियमित तथा आकस्मिक रक्तदान गरिदै आएको क्लबका प्रेम थापाले जानकारी दिए । रक्तदान कार्यक्रमको सञ्चालन भने सचिब मदन थापाले गरेका थिए ।