२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

आन्तरिक लडाई छोडी पहिला संविधान जोगाऔँ : पूर्व मन्त्री त्रिपाठी

आइतवार , जेठ ३०, २०७८

परासी, ३० जेठ ।

नेपालको राजनितिक दलहरुमा विभाजका घटनाले संविधान नै खतरामा परेको पुर्व मन्त्री त्रिपाठीले बताएका छन् । जिल्लामा आयोजित पत्रकार सम्मेलनमा पुर्वमन्त्री त्रिपाठीले बोल्दै यति बेला राजनिति, दलहरुको हातबाट बाहिर गई अदालतको परिसरमा पुगेको छ ।

दलहरु आफनो नीति मर्यादामा नबसी दलहरुमा असन्तुष्टि बढदै, दलहरुमा विभाजन देखा पर्दै गएकाले यो असुभ संकेत देखिएको र यसले संविधान नै समाप्त हुने संकेत देखिएको बताएका हुन् । यतिबेला संसदको अभावमा संविधान घाईते भएको छ । नेताहरु कुर्चीका लागि दौडधुप गरिरहेको र दलभित्रै आन्तरिक खिचातानी र लडाईले नेताहरु संविधान जोगाउनु भन्दा संविधानलाई झनै जोखिममा पार्ने कार्य गरिरहेको नेता त्रिपाठीले आरोप लगाएका हुन् ।

संविधान जोगाउन यतिबेला दुईवटा विकल्प देखिएको मध्ये पहिलो विकल्प संसद पुर्नस्थापन र दोश्रो विकल्प चुनाव रहेको भन्दै नेता त्रिपाठीले  सबै दलहरु मिलेर संविधानलाई जोगाउन आवश्यक रहेको बताए । नेता त्रिपाठीले पत्रकार सम्मेलनमा मार्फत स्वतन्त्र राजनितिक समुहले आफनो दल निर्माण र दर्ता प्रक्रिया पनि अगाडी बढाएको बताए । नेता त्रिपाठील भने, विभिन्न विज्ञहरुलाई राखेर दल निर्माणका लागि यसका बैचारिक र दस्तावेज बनाउने कार्य करिब करिब अन्तिम चरणमा पुगी सकेको छ । संघिय लोकतान्त्रिक गणतन्त्रको मुलमान्यतालाई अंगिकार गरि अगाडी बढिएको र दल निर्माणका लागि पुर्वपश्चिम गरि दुई ठुला भेला सक्दै काठमाण्डौमा भेला गरि दलको नामाकरण र पार्टी घोष्णा गरि निर्वाचनमा दल दर्ता गराउन योजना रहेको सुनाए ।