images

शुक्रवार, बैशाख १४ गते २०८१

आयल निगम प्रादेशिक कार्यालय भलवारीमा थुप्रै नयाँ कामको थालनी 

आयल निगम प्रादेशिक कार्यालय भलवारीमा थुप्रै नयाँ कामको थालनी 

images
images
images
मंगलवार, भाद्र ९ २०७७
मंगलवार, भाद्र ९ २०७७
  • आयल निगम प्रादेशिक कार्यालय भलवारीमा थुप्रै नयाँ कामको थालनी 

    भैरहवा ९ भदौ । नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीमा पछिल्लो दुई बर्षमा थुप्रै नयाँ कामको शुरुवात भएको छ । कार्यालयमा ई. सुरज शाहले नेतृत्व गरेको टिमले थुप्रै नयाँ कामको शुरुबात गरेको हो । 

    images

    भलवारी डिपोमा अत्याधिुनिक स्तरको ट्याङकरको लोडिङ अनलोडिङ प्वाईन्ट निर्माण, अत्याधुनिक किसिमको पम्प निर्माण गर्ने देखि पार्किङ याएड, चेमेना गृह लगाएतका काम शुरु गरिएको छ । यस अघि ४ बटा मात्रै लोडिङ तथा अनलोडिङ प्वाईन्ट रहेकोमा अहिले ४ बटा प्वाईन्ट थप गरिएको छ । त्यसमा पनि एउटा मेट्टितेल र पेट्रोलका लागि थप गर्न लागिएको कार्यालयले जनाएको छ । 

    प्रयाप्त लोडिङ अनलोडिङ प्वाईन्टको अभावमा राति १०÷११ बजे सम्म काम हुने गरेको थियो अहिले त्यो समस्या हटेर गएको छ  प्रबन्धक ई. शैलेन्द्र भुसालले खबरपात्रासंग भने अहिले जनशक्तिको वचत, शुरक्षा हिसावले राम्रो भएको छ भने समयमै ठाँउठाँउमा तेल पुगेको छ । भलवारी डिपोमा पेट्रोलियम पदार्थ भण्डारण गर्ने क्षमतामा पनि बृद्धि भएको छ । भलवारीमा अहिले १ लाख ४० हजार लिटर पेट्रोल, ३० लाख लिटर डिजल र ३ लाख ७९ हजार लिटर मट्टितेल भण्डार गर्ने क्षमता रहेको छ ।

    मट्टितेलको मागमा कमि आएको र पेट्रोलको माग अत्याधिक भएपछि ३ लाख ७९ हजार क्षेमताको मट्टितेलको भण्डारणलाई पेट्रोलको भण्डारणमा रुपान्त्रण गरिएको छ । मट्टितेलका लागि १ लाख ४० लिटर अट्ने भण्डारण निर्माण गर्न लागिएको छ । 
    पेट्रोल भण्डारण गर्ने ठाउको अभावमा एक दुई सिमा नाकामा अबरोध हुदा पेट्रोलियम पदार्थको अभाव हुने गरेकोमा अब देखि कम्तीमा पनि दुई तीन दिन पेट्रोल नआएपनि अभाव नहुने कार्यालयका प्रबन्धक  भुसालले जानकारी दिए । 

    noc 2.jpg

    नेपाल आयल निगमले भलवारीका साथ साथै धनगढी, पोखरा र नेपालगञ्जमा पनि भण्डारण क्षमता बिस्तार गरिरहेको छ । शाहको कार्यकालमा भैरहवा पम्पको सञ्चालन निगमको बजार सन्तुलनको रूपमा एक रणनैतिक योजना रहेको जनाईएको छ । प्रादेशिक कार्यालय भलवारी मातहत रहेको नेपालगञ्जमा पनि अत्याधुनिक पम्प निर्मार्णका लागि काम भइरहेको छ ।

    भलवारी डिपोमा पार्किङ याएड बनाईदै छ भने १२ फिट अग्लो बाउण्डी वाल निर्माण गरिएको छ । त्यस्तै अन्तराष्ट्रिय मापदण्ड अनुसारको शुरक्षाका हिसावले कार्यालयमा अग्नी शुरक्षाका लागि नयाँ पाईप परिमार्जन गरी बिस्तार गरिएको छ । त्यसका लागि नयाँ फायर ईन्जीन खरिद गरी जडान गरिएको लेखा अधिकृत रमेश ज्ञवालीले जानकारी दिए । उनले पुरानो पाईप लाईन, भल्व, प्रेसर सुधार गरिएको बताए । 

    noc 1.jpg

    कार्यालय भित्रै अत्याधिुनिक स्तरको क्यान्टिन र सौचालय निर्माणको काम धमाधम रुपमा भईरहेको छ । युरो ६ स्ट्याण्डर पेट्रोलियम पदार्थ ल्याउनका लागि अर्थिङ जडान गर्ने काम अगाडि बढेको छ । त्यसका लागि पावर र ट्रान्सफर्मर जडानको काम सकिएको छ । 

    सबै निकाय सँगको समन्वय, प्रभावकारी रूपमा कर्मचारी परिचालन, तोकिएको लस सीमा भन्दा निकै कम रहेर काम गरेका कारण निगमको नोक्सानीमा समेत कमी आएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई वर्षे कार्यकालमा उपभोत्ताको गुनासो निकै कम आएको छ भने माग बमोजिमको पेट्रोलियम पदार्थ बिक्री बितरण गरेका कारण पेट्रोलियम पदार्थको आभाव नदेखिएको हो । 

    शाहको कार्यकालमा निगमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरीब तथा विपन्न परिवारका छोरा छोरीले पढ्ने स्कुलमा लाइब्रेरी तथा खेलकुद सामग्रीको लागि सहयोग गरेको छ । 


    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij