images

बिहिवार, बैशाख २० गते २०८१

लगातारको झरीले धानको बिउ नष्ट

लगातारको झरीले धानको बिउ नष्ट

images
images
images
मंगलवार, आषाढ १ २०७८
मंगलवार, आषाढ १ २०७८
  • लगातारको झरीले धानको बिउ नष्ट

    वीरगञ्ज, १ असार :

    केही दिनयता मनसुन सक्रिय भएपछि लगातारको झरीले गर्दा पर्सा जिल्लाका किसानहरुले ब्याडमा लगाएको धानको बिउमा क्षति पुगेको छ ।

    images
    images
    images

    किसानहरुले धान खेती गर्नको लागि ब्याडमा बिउ राखेको भएपनि लगातारको झरीको कारण बिउ उम्रिन समस्या भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । पर्साका ८० प्रतिशत किसानले धानको बीउ राखिसकेका छन् । लगातारको झरीको कारण २० प्रतिशत बिउ नष्ट भएको कार्यालयका निमित प्रमुख मुनिलाल प्रसादले  बताए ।

    भर्खरै बिउ राखिएका कारण टुसा नलागेकाले क्षति हुन गएको बताइएको छ । पर्सामा चैते धान तीन हजार ५०० हेक्टर, भदैया धान आठ हजार ५५० हेक्टर र अगहनी धान ३५ हजार हेक्टर गरी ४७ हजार ५० हेक्टरमा धान खेती हुँदै आएको छ । यसैगरी मनसुनको कारण लगातारको झरीबाट पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा तरकारी बाली पनि नष्ट भएको छ । वर्षाको कारण ग्रामीण क्षेत्रका बाटोघाटोहरु हिलाम्य भएकाले आवतजावतमा समस्या भएको छ । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij