२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

तिन दिनदेखि लगातारको झरी, बाढीको उच्च जोखिममा तिनाउ किनारका बस्ती

बुधवार , आषाढ २, २०७८

  • 6.1K
    Shares
  • 6.1K
    Shares
  • बुटवल, २ असार ।

    तिनदेखि लगातार आएको बर्षासँगै रुपन्देहीको तिनाउ र दानव नदिमा आएको बाढीले नदि किनारका दर्जनौं बस्ती उच्च जोखिममा परेका छन्। बाढीले नदि किनारमा तिब्र रुपले कटान गर्न थालेपछि कयौं घर परिवार बिस्थापित भएका छन भने दर्जनौ घरमा क्षती पुगेको छ। 

    तिनाउ र दानव नदिमा आएको बाढीको तिब्र बहावका कारण बुटवलका सुन्दरनगर, पबित्रनगर, देवीनगर, माझगाँउ, बुद्धनगर, बिनापाते लगाएतका बस्तीका कयौं घरमा बाढी पसेर क्षती पुराएको छ। यसैगरि सिमानगर, सिर्जनानगर, मैनाबगर लगाएतका क्षेत्रमा पनि बाढीका कारण क्षति पुगेको बुटवल उपमहानगरपालीकाले जनाएको छ। 

    बुटवल उपमहानगर प्रमुख शिवराज सुबेदीले बाढीका कारण तिनाउ नदि किनारको एक घर पुर्णरुपले बगाएको र दर्जनौं घरमा बाढी पसेर क्षति पुराएको बताएका छन् । बाढीका कारण हुनसक्ने धनजनको क्षति न्यूनिकरण गर्न र सजगता अपनाउन सबैलाई उपमहानगर प्रमुख सुबेदीले आग्रह गरेका छन्। 

    बुटवल ११ का वडाध्यक्ष रामचन्द्र खनालले तिनाउमा आएको बाढिले देवीनगर र रानीगन्जमा दर्जनौं घरमा पसेर क्षति पुराएको छ। खनालका अनुसार तिनाउ किनारको एउटा घर बगाएको छ भने पबित्रनगरका ५/७ वटा घर खोलामा झुण्डिएको अवस्था छ। खोलाको वहावलाई दिशा परिवर्तन गरि घर टहरा बचाउने प्रयास भैरहेको छ। 
    अध्यक्ष खनालका अनुसार तिनाउ र दानवले गयराती खतराको तह पार गरि बस्तीमा बाढी पसेको हो। अहिले भने केही घटेको अध्यक्ष खनालले बताए। 201499220_973503293402735_6657463508003542791_n (1).jpg199828932_4294241417300958_672556870002784411_n.jpg