
बुधवार , आषाढ २, २०७८
बुटवल, २ असार।
तिन दिनदेखिको निरन्तरको बर्षापछि आएको वाढीले रोड डिभाइडर बगाउँदा पुर्वपश्चिम महेन्द्र राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरुद्ध भएको छ। रुपन्देहीको देवदह नगरपालीका १० चरंगे जंगलनजिक निर्माणाधिन पक्कि पुलको छेउमा बनाइएको अस्थायी डाईभर्सन बाढीले बगाउदा सडक अवरुद्ध भएको हो।
पुर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडकखण्ड विस्तारको क्रममा चार लेनको पक्कि पुल बनाउन सो ठाउँमा सवारी ओहोर दोहोर गर्न अस्थायी डाइभर्सन बनाइएको थियो । बाढीका कारण डाइभर्सन भासिएर पानीले बगाउदा हिजो मध्यान्न साढे १२ बजेदेखी सडक अवरुद्ध भएको र सयौं सवारी साधन र हजारौं यात्रुहरु अलपत्र परेको प्रहरीले जनाएको छ।
निरन्तरको झरी र खोलामा बाढी आईरहेकोले पुनः डाईभर्सन निर्माण गरि संचालन गर्न कठिनाई भैरहेको पनि प्रहरीले जनाएको छ। स्थानिय पत्रकार केशव पराजुलीका अनुसार सो सडक २४ घण्टादेखि नै अवरुद्ध रहेको छ। संचालनका लागि आवश्यक प्रयास भने भैरहेको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij