images

शनिवार, बैशाख २२ गते २०८१

हो म मुर्ख !

हो म मुर्ख !

images
images
images
बुधवार, भाद्र १० २०७७
बुधवार, भाद्र १० २०७७
  • हो म मुर्ख !

    कति साह्रो मुर्ख म, एउटा ढुंगालाई भगवान भन्दै पुजा गर्छु, पिपल, बर स्वामीका रुख त देख्नै हुन्न ढोग्न पुग्छु, गाईलाई पनि आमा समान मानेर पुजा गर्छु, गोरु पनि शिवजीको वहान रे, आफुलाई ढस्ने सर्प पनि भगवानको रुप हो भन्दै दुध चढाउने गर्छु, हरेक दिन पुर्ववाट झुल्कने सुर्यलाई त झन दैनिक साक्षत भगवान सम्झिजल चढाउँछु, कस्तो अचम्मको मुर्ख म बाटोमा हिड्ने कुकुरदेखि आकाशमा उड्ने काग र चिल सम्म, भुइमा कुच्दै हिड्ने दुवोदेखि खोलाको चौरमा पाइने आँकसम्मलाई पनि भगवानको रुपमा सम्मान गर्न छाड्दिन, भएन भनेर राँगालाई पनि यमराजको बहान भन्दै पुज्ने गर्छु । तुलसीको बोटलाई त झन घर भन्दा पनि बढी सजाएर सम्मानका साथ आफ्नो घरको मुलढोका अगाडी मन्दिर जस्तै गराई दैनिकपूजा गर्छु । अचम्मको छु म जनै लगाउने टुप्पी पाल्ने, गायत्री मन्त्र जप गर्न आदिआदि काम त मरो दैनिकी नै हो । समुन्द्रमा पाइने एक प्रकारको किराको खोस्टोलाई नकारात्मक ध्वनी प्रवाहलाई निष्कृय बनाउँछ भनी शंख भनेर पूजा गर्छु घरमा बिहानबिहान वा पूजाआजा गर्दा बजाउने समेत गर्दछु । मेरा त चाडपर्व पनि कति हो कति दैनिकैजसो एउटा न एउटा पर्व त मानेकै हुन्छु, कै ले एकादशी, कहिले पुर्णिमा, त कहिले औंशी, जनैपुर्णिमा, नागपुजा, तीज, दशैं तिहार के के हो के के ? अझ शरीरभरी रंगैरंग लगाएर होली भन्दै रमाउने म कस्तो मुर्ख होला ? कहिले कहिले आफैलाई प्रश्न गर्दछु अनि यस्तो उत्तर पाउँछु । 

    images
    images
    images

    जल, अग्नी, वायू, आकाश र पृथ्वी यही पाँच तत्वले बनेको शरीर हो मानव जातिको अझ मानव मात्र नभएर सार सृष्टि नै यही पाँच तत्वबाट निर्मित छ । यी पञ्चतत्वले बनेको ब्रहमाण्डको रक्षा पनि यही पञ्चतत्वले गरेको छ । त्यसैले प्रकृतिमा पाउने हरेक वस्तु, पदार्थहरुको रक्षा गर्नु हाम्रो धर्म र कर्तव्य हो । जतिजति मानव जाति आधुनिक विज्ञानको नाममा प्रकृतिमाथि जित हासिल गर्न लागि परेको हुन्छ त्यति यति नै प्रकृतिमा विभिन्न प्रकोपहरु बढिरहेको हुन्छ । आधुनिकताको नाममा प्रकृतिमामाथिको हमलाले प्रकृति नै नास हुन पुग्दछ । सनातन संस्कृतिको अनुयायी भएको नाताले प्राकृतिक सम्पदा अथवा पञ्चतत्वको रक्षा गर्नु हामी सवैको दायित्व हुन आउँछ । पत्थर (ढुंगा), रुखविरुवा जसले माटोको रक्षा गरेको हुन्छ, सबै बोटविरुवामध्ये धेरै अक्सिजन प्रदान गर्न पिपललाई सम्मान गर्ने काम राम्रो नै मानिन्छ । गाई जसको गोबर, गहुँत, दुध सबै रोग प्रतिरोधी क्षमता बढाउने शक्ति रहेको हुन्छ जुन अन्य जनावरमा एकदम कम मात्रामा हुन्छ, गाईको गोबरमा किटाणुहरुलाई मार्ने सम्मको क्षमता राख्दछ भने यसले चट्याङलाई समेत नियन्त्रण गर्ने भएको ले गाईलाई माताको रुपमा सनातन संस्कृति मान्नेले सम्मान गरेको हुन्छन् । सनातन संस्कृति, वैदिक संस्कृति वा प्राकृतिक संस्कृति भनेको नै अहिले हिन्दू धर्मलाई मानिन्छ । यो सनातन संस्कृति वाप प्राकृतिक संस्कृत भनेको अहिले संसारमा रहेका सबै धर्महरुको जननी हो । जतिसुकै आधुनिकताको कुरा गरे पनि मानिस कहिल्यै प्रकृतिलाई पराजित गर्न सक्दैनन्, के वायूलाई रोक्न वा त्यसको दिशा परिवर्तन गर्न सकिन्छ ? अग्नीको तापलाई नियन्त्रण गर्न सकिन्छ ? जलको वहाव कम गर्न सकिन्छ ? के आकाशलाई छेक्ने छाना बनाउन सकिन्छ ? की पृथ्वीको स्थान परिवर्तन गर्न सकिन्छ ? त्यसैले यो सवै प्रकृतिको देन हो यसलाई हामीले जे जस्तो अवस्थामा छ त्यसै अवस्थामा रहन दिनुपर्दछ ।

    यसलाई परिवर्तन गर्ने प्रयास गरियो भने यसले आफैलाई वा मानव जातीलाई नै संकटमा पर्ने कुरा निश्चित छ । हाम्रो संस्कृतिमा हरेक महिलालाई देवीको रुपमा पूजा गर्ने परम्परा रहेको छ भने महिलाहरुले पनि आफ्ना पति वा पुरुषहरुलाई शिवजीको रुपमा पुजा गर्ने प्रचलन रहेको छ । के एक अर्कोको सम्मान गर्नु पुरातन सोच हो ? हो हुन सक्छ कहीकतै आफ्नो सोचलाई परिवर्तन गर्न नसकी एक अर्कोबीच अत्याचार गर्ने, बलत्कार गर्ने, हत्या गर्ने, छुवाछुत गर्ने जस्ता घटनाहरु नभएका होइनन् तर यसकौ उपमा दिइ सारा संस्कृतिलाई नै गलत छ भन्नु मुर्खता शिवाय अन्न केही होइन । हप्तामा एक दिन व्रत वस्ता शारीरिक रुपमा कति फाइदा हुन्छ यो त आधुनिक स्वास्थ्य विज्ञानले पनि प्रमाणित गरिसकेको अवस्थामा पनि व्रत वस्तु राम्रो काम होइन भनी भुत भुताउनुलाई के भन्न सकिन्छ र । हिन्दू धर्मले अनुसरण गरेका ४ वेद, १८ पुराण, श्रीमद्भागवत गिता, महाभारत, रामायण, चाणक्य नीति लगायतका कति धेरै ऋषिहरुले बनाएका उपनिषदहरु प्ूर्ण रुपमा वैज्ञानिक र प्राकृतिक रहेका छन् । त्यसबाट विभिन्न सम्प्रदायहरुको मौलिकता, ऐतिहासिकता, परम्परा, संस्कृति, भाषा, भेषभुषा कहाँनिर कमजोरी छ ? उत्तर सायदै छैन् । हाम्रा वेदहरुले कहाँनिर नारी पुरुषबीच विभेद गरेको छ ? कहाँ छुवाछुतको कुरा गरेको छ, कहाँ जातिको कुरा गरेको छ ? होला कर्मको आधारमा ४ जात भनिन्छ तर के तिचार जातबीचको विभेद कहीकतै भेटिन्छ ? यदि जातीय छुवाछुतकै कुरा गर्ने होे विश्व ब्रम्हाण्डकै सर्वश्रेष्ठ शिल्पीकार जसले त्रिपुरा शहरको परिकल्पना गरे र आफ्नो शिल्पी ज्ञानलाई सार संसारमा बाँडे उहाँ विश्वकर्मा भगवानलाई पनि म पुज्ने गर्दछु अनि म छुवाछुत गर्ने भए कसरी ? सनातन संस्कृतिका अनुयायीहरु हामी मस्जिद र चर्चमा पनि मन्दिरकै आभास पाउँछौ र भगवान जस्तै सम्मान गर्दछौं ।

    आज संस्कृत पढौ भन्दा म पुरातन भए, योग गरौं भन्दा म पुरातन भए, नमस्कार गर्दा म हासोको पात्र बने, मानिसले धर्ममा विश्वास गर्नुपर्दछ भन्दा मेरो सोच प्राचिन आदि मानवको जस्तो भयो तर आज तिनै क्रिस्चियन राष्ट्रहरु माकिन संस्कृत पढाइ हुँदैछ, नासमा किन संस्कृतको व्याख्या भइरहेको छ, मुस्लिम देश भएर पनि ढाका विश्वविद्यालय बंगलादेशमा संस्कृत पढाइ भएको उदाहरण छनै र ? कति राष्ट्रहरुमा त अनिवार्य संस्कृत पढाई हुन थालेको उदाहरण पनि छ । विश्वमा सबैभन्दा ठूलो शारीरिक र मानसिक व्यायमको संजाल योग विद्या हो के यो हाम्रो सनातन संस्कृतिको देन होइन ? हात मिलाउने र अंकमाल गर्ने कस्को संस्कृति हो ? अहिले कोभिड–१९ को कारण सनातनीय पद्दतिको नमस्कार नै उपयुक्त विधि भनी सबैले अपनाउन थालेको छैनन् ? यो हाम्रो सनातन सभ्यता होइन ? पुर्वीय सभ्यताका कुरालाई लुकाईलुकाई आफुले प्रयोग गर्ने र आफ्नो पश्चिमा संस्कृतिलाई जबरजस्ती गरी अन्य देशहरुमा प्रयोग गरी त्यहाँको संस्कृतिलाई नष्ट गर्ने जुन पश्चिमाहरुको रणनीति छ त्यसलाई म आधुनिक भन्दिन र मान्दिन पनि अनि मेरै पुर्वीय दर्शनलाई सम्मान गर्छु ।

    अन्त्यमा, नेपाल विश्व दर्शनको उद्गमभूमि, सभ्यताको अनुपम उदाहरण बोकेको भूमि, आर्युवेदले प्रयाप्त भएको भूमि, कृषि, जल र प्राकृतिक सुन्दरताले भरिएको भूमि, सगरमाथा र गौतमबुद्धको भूमि, यर्सागुम्वा र शालीग्राम पाइने यो राष्ट्र आफैमा एक तीर्थस्थल भन्दा कम छैन, संस्कृत व्याकरण जो विश्व भाषाको जननी हो त्यसको उद्गम थलो देश नेपाल आज पैसा र प्रलोभनमा पारी सरकारदेखि सामान्य जनतासम्मलाई पश्चिमा संस्कृतिको भागेदार बनाई रहँदा पुर्वीय दर्शन, प्राकृतिक सभ्यतालाई अनुसरण गर्न खोज्नेलाई मूर्ख र पुरातन सोच भएको मान्ने समाजको सृजना भएको छ । नेपालको ऐतिहासिक पृष्ठभूमि र यहाँका धार्मिक तथा सांस्कृतिक धरोहरलाई मास्ने र हाम्रा वेदका मन्त्रहरु, वेदले सिकाएको दर्शनहरुलाई पश्चिमा राष्ट्रहरुले अनुसरण गर्दै जाँदा पनि चुप लागेर बस्नु भनेको आफ्नो मातापितालाई विक्री गरी ऐसआरामको जिन्दगी जिउनु बराबर हो जस्तो लाग्छ । त्यसैले धर्म संस्कार र संस्कृति, परम्परा र प्राकृतिक सम्पदाको रक्षा गर्नको लागि सदैव युवा जगत नै अग्रसर हुनु पर्दछ । सनातन संस्कृति मनाउने क्रममा भएको केही कमीकमजोरीलाई सच्याउँदै र राम्रो पक्षलाई अवलम्वन गर्दै हिड्दै गर्दा मलाई कसैले मुर्ख भन्छन् भने हो म मुर्ख । जय श्री राधे ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij