२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रिना गौचनद्वारा भीम अस्पताललाई सहयोग

बुधवार , आषाढ २, २०७८

भैरहवा, २ असार ।
अमेरिकाका बस्दै आएकी रिना गौचनले भैरहवास्थित भीम अस्पताललाई आर्थक सहयोग गरेकी छन् । अस्पतालमा अक्सिजन प्लाण्ट निर्माणका लागि भन्दै गौचनले १ लाख १६  हजार रुपैयाँ पठाएकी छन् । उक्त रकम भैरहवा मर्निङ्गवाक ग्रुपका (बीएमजी) का अध्यक्ष ओमकार गौचनले अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई हस्तान्तरण गरेका हुन् । 
बीएमजीका अध्यक्ष समाजसेवी गौचनको भतिजी रिना गौचनले पठाएको पैसा अस्पतालका अस्पतालका अध्यक्ष भण्डारीलाई बुधबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो । 

बीएमजीले यस अघि नै अस्पताललाई १ लाख १ हजार प्रदान गरिसकेको छ । सो खबर अमेरिकामा पाएपछि हौसला एवं प्रोत्साहनले सो सहयोग गर्न उत्प्रेरणा मिलेको रिना गौचनले बताइन् ।
रकम लिदै अस्पतालका अध्यक्ष भण्डारीले सहयोगप्रति धन्यवाद ज्ञापन गरे । उनले सबैको सहयोग र सद्भावले अस्पतालले फड्को मार्ने बताए ।

बीएमजीका महासचिव राजु नारायण श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठ, उपाध्यक्ष बाबुराम केसी, वनमाली निराकार लगायतको उपस्थिति रहेको थियो ।