images

शनिवार, बैशाख २२ गते २०८१

जनताको सारथी बन्दै वडाअध्यक्ष रफिक खाँ

जनताको सारथी बन्दै वडाअध्यक्ष रफिक खाँ

images
images
images
बिहिवार, आषाढ ३ २०७८
बिहिवार, आषाढ ३ २०७८
  • जनताको सारथी बन्दै वडाअध्यक्ष रफिक खाँ

    सैनामैना, ३ असार ।
    रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष माम्हमत रफिक खाँ जनताको सारथीको रुपमा अघि बढेको पाइएको छ । जनताको माग र आवश्यकता अनुसार विकास निर्माणमा तल्लीन रहेका वडा अध्यक्ष खाँ महामारी र विपतको बेला जनताको घरदैलोमा समस्या बुझ्दै समाधानका लागि पहलमा खटिएका छन् । निर्वाचनका बेला गरेका बाचा पुरा गर्न सधै वडा अध्यक्ष खाँ जनताको साथमा रहेका छन् ।

    images
    images
    images

    कोरोना भाइरसका कारण देशमा जारी निषेधाज्ञाका कारण विपन्न परिवारको चुलो बाल्न राहत स्वरुप पहिलो चरणमा उनले खाद्यान्न सामग्री समेत वितरण गरिसकेका छन् । यस्तै, केही दिन अघि महामारीको बेला अग्रपंक्तिमा रहेर काम गर्ने प्रहरी सुरक्षाकर्मीलाई उनले स्वास्थ्य सामग्रीे वितरण गरेका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनी र इलाका प्रहरी कार्यालय बेथरीलाई मास्क, सेनेटाइजर, ग्लब्स लगायतका सामग्री सहयोग गरेका हुन् ।

    केही दिनदेखि निरन्तर परेको अविरल वर्षाले गर्दा अतिविपन्नको परिवारको घरमा छानो चुहिन थालेपछि वडाअध्यक्ष खाँले तिरपाल वितरण गरेका छन् । मायादेवी वडा नम्बर ३का २५ अतिविपन्न घरपरिवारलाई तिपाल वितरण गरिएको वडाअध्यक्ष खाँले बताए । राहत स्वरुप तिरपाल पाएसंगै अतिविपन्न परिवार हर्षित भएका छन् ।

    जनताको समस्या समाधान गर्न आफु सधै प्रतिबद्ध रहेको वडाअध्यक्ष खाँले बताए । भौतिक पूर्वाधारसंगै सामाजिक क्षेत्रमा पनि आफुहले उल्लेखीय प्रगति गरेको दावी गर्दै निर्वाचनको बेला जनता समक्ष बाचा गरेको योजना पुरा गर्ने दृढता समेत उनले व्यक्त गरे । नागरिकलाई समस्या परे तुरुन्त आफूलाई खबर गर्न वडाबासीलाई उनले आग्रह समेत गरेका छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij