२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

गण्डकीका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

शुक्रवार , आषाढ ४, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेशसभामा विश्वासको मत मागेका छन् ।  

     

    उनले सरकार गठनको १ सातामै नीति तथा कार्यक्रम र बजेटमार्फत लोककल्याणकारी योजना ल्याउन सफल भएको दावी गर्दै आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्। 

    उनले यो सरकारले विश्वासको मत नपाउँदा प्रदेशसभा नै दुर्घटनामा पर्ने अवस्था आउने भएकोले त्यस्तो संवैधानिक अप्ठ्यारो आउन नदिन पनि आफूलाई विश्वासको मत दिन अनुरोध गरेका छन्।  

    अहिले प्रदेशसभामा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने पेस गरेको प्रस्तावमाथि छलफल सुरु भएको छ ।