२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

यो अवसरवादी गठबन्धनको सरकारलाई विश्वासको मत दिन सक्दैनौ : पृथ्वी सुब्बा गुरुङ

शुक्रवार , आषाढ ४, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • गण्डकी ।

    गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई विश्वासको मत दिन नसक्ने बताएका छन्।

    मुख्यमन्त्री कृष्ण चन्द्र पोख्रेलले प्रदेशसभामा विश्वासको मतका लागि राखेको प्रस्तावमा बोल्ने क्रममा गुरङले वर्तमान सरकार अवसरवादीहरुको गठबन्धनको सरकार रहेको बताउदै आफ्नो पार्टी एमालेले विश्वासको मत दिन नसक्ने बताए।

    पृथ्वीसुब्बा गुरुङले संघीयतालाई बलियो बनाउन डटेर लाग्दा प्रदेश सरकारलाई सहयोग गर्ने तर यो सरकारलाई समर्थन भने दिन नसक्ने बताएका छन्।