
शुक्रवार , आषाढ ४, २०७८
गण्डकी ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोख्रेलले विश्वासको मत प्राप्त गरेका छन्।
मुख्यमन्त्री पोख्रेलले सुक्रबार प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्तावका पक्षमा ३१ सद्स्यले मतदान गरेका छन् । ५९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्छ ।
५९ सदस्यीय गण्डकी प्रदेशसभामा आज ५८ जना सदस्यहरू उपस्थित थिए । राष्ट्रिय जनमाेर्चाका सांसद कृष्णबहादुर थापा भने उनको दलले निष्कासन गरेका कारण पदमुक्त भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij