२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

सर्पले डसेर बालिकाको मृत्यु

शुक्रवार , आषाढ ४, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • देउखुरी, ४ असार ।
    देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गढवा गाउँपालिका –७ विजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा बोहोरा छिन् । 

    आज बिहान करिब साढे ७ बजे गोठमा पराल लिन गएका बेला गोमन सर्पले बालिकालाई डसेपछि गढवास्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र  सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि  लमहीस्थित अस्पतालमा ल्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेको  बालिकाकी आमा सरिताले जानकारी दिइन् । रासस