images

बिहिवार, बैशाख २७ गते २०८१

आफ्नै खर्चबाट १९ विपन्न परिवारलाई खाद्यान्न सहयोग 

आफ्नै खर्चबाट १९ विपन्न परिवारलाई खाद्यान्न सहयोग 

images
images
images
शुक्रवार, आषाढ ४ २०७८
शुक्रवार, आषाढ ४ २०७८
  • आफ्नै खर्चबाट १९ विपन्न परिवारलाई खाद्यान्न सहयोग 

    बुटवल, ४ असार । 
    विश्वव्यापी कोभिड महामारीका कारण सबै क्षेत्र र वर्ग प्रभावित छन् । गरीब र बिपन्न वर्गलाई भने जीविकोपार्जन गर्न निकै ग्राहो भएको छ । तर, त्यस्ता कैौं वर्गलाई स्थानीय समाजसेवी वा मनकारीहरुको सहयोगले भौकै बस्नुपर्ने बाध्यता भने हटेको छ । 

    images
    images
    images

    यस्तै पाल्पा रैनादेवी–७ ढवाका विपन्न वर्गलाई सोही वडा स्थायी बसाई भएकाद्वय ताराबहादुर खड्का र लता खड्काले संयुक्त रुपमा  शुक्रबार राहत प्रदान गरेका छन् । मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनीकी संयोजक रहेकी लता खड्का र उनका बुवा तारा बहादुर खड्काले लामो अवधिको निषेधाज्ञाका कारण जंगलको बीचमा रहेको बस्तीका बासिन्दालाई समस्या परेपछि आफ्नो निजी खर्चमा अत्यावश्यक खाद्यान्न सहयोग गरेका हुन् ।

    अन्य समयमा पनि विभिन्न सेवाबाट वञ्चित रहेका विकट क्षेत्रका बासिन्दालाई हाल झनै समस्या परेको हुँदा सहयोग गरेको सहयोगी लता खड्काले बताइन् । उनले भनिन्, ‘जंगलको बीचमा बस्ती छ त्यहाँ र त्यहाँका बासिन्दाप्रति खासै धेरैको ध्यान जाँदैन । विशेष् ागरी दलित समुदायको बाहुल्यता रहेको छ । हामी बुटवल बस ेपनि स्थायी घर यतै हुँदा आएको बेला सक्दो सहयोग गरेका हौं ।’
     
    बुवा र आफ्नो खर्चमा १९ परिवारलाई प्रति परिवार २५ किलो चामल, दाल, सोयाबीन लगायत अत्यावश्यक खाद्यान्नहरु सहयोग हस्तान्तरण गरेको खड्काले बताइन् । 
    पाल्पाकै रैनादेवीमा जन्मघर भएका खड्काद्वय रुपन्देहीको बुटवल–३ मा बसोबास गर्दै आएका छन् । उनले एकान्त स्थानमा रहेको उक्त बस्तीमा वर्षायाममा पुलका कारण गाडी पनि नचल्ने हुँदा थप समस्या हुन सक्ने भन्दै गाउँपालिकाको ध्यानकर्षण समेत गराएकी छन् । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij