images

बिहिवार, बैशाख २७ गते २०८१

प्रतिमान–नीमा प्रतिष्ठानद्वारा पृथ्वी चन्द्र अस्पताललाई स्वास्थ्य सामग्री सहयोग 

प्रतिमान–नीमा प्रतिष्ठानद्वारा पृथ्वी चन्द्र अस्पताललाई स्वास्थ्य सामग्री सहयोग 

images
images
images
शुक्रवार, आषाढ ४ २०७८
शुक्रवार, आषाढ ४ २०७८
  • प्रतिमान–नीमा प्रतिष्ठानद्वारा पृथ्वी चन्द्र अस्पताललाई स्वास्थ्य सामग्री सहयोग 

    परासी, ४ असार । 
    कोभिड संकट व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पताललाई अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिएको छ । 
    रुपन्देहीको भैरहवामा रहेको प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले आज ७ थान अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्तामार्फत अस्पताललाई प्रदान गरेको हो ।  प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीलाई उक्त सामग्री हस्तान्तरण गरिन् । 
    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड संकट व्यवस्थापन र आगामी लहरको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि पूर्व तयारीमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा उक्त सामग्री हस्तान्तरण गरिएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिए । 
    प्रतिष्ठानले अमेरिकास्थित प्रोजेक्ट होपसंग पहल गरी लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका सरकारी अस्पताललाई आवश्यकताको आधारमा स्वास्थ्य सामग्री सहयोग गरेको उनले बताइन् । 

    images
    images
    images

    भारतसँग जोडिएका लुम्बिनी प्रदेशका जिल्लाहरु खुला सीमानाका कारण कोरोना भाइरस संक्रमणबाट धेरै प्रभावित हुनुका साथै सरकारी अस्पतालहरु सुविधासम्पन्न भइनसकेका तर विपन्न वर्गले सेवा लिने केन्द्र भएकोले आफूहरूले सरकारी अस्पताललाई सहयोगका लागि प्राथमिकता दिएको थापाले उल्लेख गरे । 

    प्रतिष्ठानले १० लिटरको अक्सिजन कन्सन्ट्रेटर ७ थान, ४० लिटरको अक्सिजन सिलिण्डर ५ थान, अक्सिजन रेगुलेटर ५ थान, सर्जिकल मास्क, हेड सर्जिकल क्याप, सु–कभरसहितको पीपीई १२५ थान, सेटबाहेकको सर्जिकल मास्क ५००, हेड शिल्ड एक सय थान, सर्जिकल क्याप सय थान र हेन्ड सेनिटाइजर ५० लिटर सहयोग गरेको प्रतिष्ठानका निर्देशक धर्म बहादुर केसीले जानकारी दिए ।

    कार्यक्रममा रामग्राम नगरप्रमुख गुप्ताले यो महामारीको समयमा पृथ्वी चन्द्र अस्पताललाई छनौट गरेर सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिदै उक्त सहयोग महत्वपूर्ण रहेको बताए ।विपद्को सामना सरकारले मात्रै गरेर नहुने भएकोले सामाजिक तथा गैरसरकारी संस्थाहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियोे । 

    अस्पताल विकास समितिका अध्यक्ष चौधरीले सहयोगप्रति आभार व्यक्त गर्दै अस्पतालको सेवा सुविधा विस्तारमा आफूहरू लागिरहेको बताए । लुम्बिनी प्रदेश सरकारले अस्पतालको मुख्य भवन बनाउन अहिलेको बजेटमा रु ६ करोड ७४ लाख विनियोजन गरेको उनले जानकारी दिए । कुल २५ करोड २१ लाखको लागतमा बहुवर्षीय योजना अनुसार भवन तयार हुने उनले बताए । 

    अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले अस्पतालका लागि संघीय सरकारले पठाएको बजेटबाट अक्सिजन प्लान्ट स्थापना र एचडीयू सेवा सञ्चालनका लागि टेण्डर भइ सम्झौता हुने चरणमा रहेको जानकारी दिए । त्यस्तै भेन्टिलेटरसहितको ५ बेडको आइसीयू कक्ष निर्माणका लागि पनि प्रक्रिया थालिएको उनले बताए । हाल अस्पतालमा रहेका ५ लिटरका अक्सिजन कन्सन्ट्रेटरले प्रभावकारी काम गर्न नसकेकोमा अहिले प्राप्त दस लिटरको कन्सन्ट्रेटरले बिरामीको सेवामा सहज हुने उनको भनाइ थियो । अस्पतालमा यसअघि संघीय तथा प्रदेश सरकार र विभिन्न संघ–संस्थाबाट प्राप्त १५ थान अक्सिजन कन्सन्ट्रेटर रहेको अस्पताल व्यवस्थापक सुरेन्द्र अधिकारीले जानकारी दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij