images

आइतवार, बैशाख १६ गते २०८१

कोरोना संक्रमणमुक्त भएसंगै वडावासीको सेवामा सक्रिय उमेश

कोरोना संक्रमणमुक्त भएसंगै वडावासीको सेवामा सक्रिय उमेश

images
images
images
शनिवार, आषाढ ५ २०७८
शनिवार, आषाढ ५ २०७८
  • कोरोना संक्रमणमुक्त भएसंगै वडावासीको सेवामा सक्रिय उमेश

    भैरहवा, ५ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य उमेश थापा लाटोमगरलाई वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भयो । कोरोना संक्रमित भएपछि उनी होम आइसोलेशनमा बसे । ज्वरो, रुघाखोकी लगायतको लक्षण भए पनि उनले घरमै बसेर कारोना जिते । जेठ ११ गते उनी कोरोना संक्रमणमुक्त भए । तर उनी निको हुन नपाउँदै उनका परिवारका सम्पूर्ण सदस्य संक्रमित हुन पुगे । उनको घरमा रहेको ८४ वर्षिइ आमासहित श्रीमती र ३ जना छोरी पनि संक्रमित भए ।

    images

    सबै जना होम आइसोलेशनमा बसेरै कोरोना जित्न सफल भएका छन् । दोस्रो लहरको कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि अस्पतालहरुमा बेडका साथै अक्सिजनको समेत अभाव हुन थाल्यो । अझ भन्नुपर्दा भयावह परिस्थिति नै भयो । अक्सिजन र बेड पाउनु बिरामीको लागि फलामको चिउरा चपाउनु जस्तो नै भयो । कतिपय बिरामी भुइमै बसेर उपचार गराउन बाध्य भए भने कतिपय बिरामी अक्सिजन नपाएर ज्यान गुमाउन बाध्य भए । 

    यस्तो परिस्थितिमा नागरिकले जनप्रतिनिधिको सहारा खोज्नु स्वभाविकै हो । अझ घरदैलोको सरकार भनेर चिनिने स्थानीय सरकारका जनप्रतिनिधिबाट नागरिकको अपेक्षा अन्य सरकारको तुलनामा अझ बढी नै हुन्छ । थापा संक्रमित हुँदाहुँदै पनि वडावासीहरुको सेवामा सक्दो प्रयोस गरिरहे । उनी संक्रमित भएको कुरा सबैलाई जानकारी थिएन । होम आइसोलेशनमा बस्दा पनि फोनमार्फत सक्दो सहयोगमा जुटे थापा । 

    संक्रमणमुक्त भइसकेपछि वडा सदस्य थापा निरन्तर वडावासीको सेवामा लागिपरेका छन् । उनको सक्रियता दिनप्रतिदिन बढेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित अन्नपूर्ण टोलको दुवै साइडमा खानेपानीको पाइप बिछ्याउने, चालु आर्थिक वर्षमा कोरोना महामारीको कारण रोकिएका विकास निर्माणका कार्यलाई पहल गरेर सुचारु गराउने लगायतका कार्यमा उनी यतिबेला सक्रिय छन् । 

    ‘कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई एक लाख उपलब्ध गराउने प्रदेश सरकारले घोषणा गरे अनुरुप वडामा त्यस्ता परिवारको तथ्यांक संकलनमा लागेको छ, कोरोना महामारीको बेला उक्त रकम पाउने परिवारलाई केही भए पनि राहत मिल्ने विश्वास लिएको छु, ’उनले भने । विभिन्न समयमा सिद्धार्थनगर वडा नम्बर ८ को कार्यवाहक वडाअध्यक्षको समेत जिम्मेवारी सम्हालेका थापाले वडावासीको सेवामा खट्न पाउँदा जनप्रतिनिधिको भएको गर्वको अनुभुति भएको बताए । उनले बेलाबेलामा आफूले अग्रजहरुसंग सरसल्लाह लिएर अघि बढेको बताए ।

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट वडा सदस्यमा निर्वाचित ४७ वर्षिय थापा वडावासीको सेवा गर्न पाउँदा आनन्दको अनुभुति भएको बताउँछन् । ‘वडावासीको सेवा गर्न नै जनप्रतिनिधि बनेको हुँ, उहाँहरुको लागि काम गर्ने वाचा गरेकोले मलाई निर्वाचनमा जिताउनुभएको छ, त्यसैले मेरो जिम्मेवारी अझ बढेको छ, ’उनले भने । सिद्धार्थनगर नगरपालिकाका न्यायिक समिति सदस्य समेत रहेका थापाले नागरिकलाई न्याय दिलाउने कार्यमा समेत उत्तिकै खटिएका छन् । 

    नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर  ३ का क्षेत्रीय सदस्य यस अघि २०५३ सालमा भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट उपसभापतिमा निर्वाचित भएका थिए । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको कार्यसमिति सदस्यमा भने उनी ५ मतको झिनो अन्तरले पराजित भएका थिए । भैरहवाको नारायणपथमा रेन्बो कलर हाउस सञ्चालन गर्दै आएका थापा यस क्षेत्रमा सरल र कर्मठ युवा नेताको रुपमा परिचित भएको सिद्धार्थनगर वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरी बताउँछन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij