२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

२४७ औं साहित्यिक संगम सम्पन्न

शनिवार , आषाढ ५, २०७८

  • 5.5K
    Shares
  • 5.5K
    Shares
  • भैरहवा, ५ असार ।
    सिद्धार्थ साहित्य परिषद्, सिद्धार्थनगरको २४७ औं मासिक साहित्यिक संगम शनिबार भैरहवामा सम्पन्न भएको छ । परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी श्रष्टाहरुले रचना वाचन गरेका थिए ।

    रचना वाचन गर्ने श्रष्टाहरुमा राधा भट्टराई, नरेन्द्र भण्डारी, हिरालाल धामी, देवी न्यौपाने धिर, लेखनाथ घिमिरे, सावित्रा घिमिरे, कृष्ण प्रसाद बस्याल, योगलाल सुवेदी, नारायण भण्डारी, गंगा घिमिरे, सिर्जना खनाल, अनुराधा खनाल, श्रीधर नेपाल, कविता अधिकारी, घनश्याम पौडेल, गंगा अभिलाषी, सरु ज्ञवाली, डिवी गहतराज, कमला देवकोटा, वनमाली निराकार, सिता काफ्ले, रुद्र ज्ञवाली, विजय सागर श्रेष्ठ लगायतले बोलेका थिए ।

    परिषद्का सचिव लक्ष्मी प्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।