२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

जनमत पार्टी रुपन्देहीका पदाधिकारीहरुको सपथग्रहण 

शनिवार , आषाढ ५, २०७८

  • 5.4K
    Shares
  • 5.4K
    Shares
  • भैरहवा, ५ असार । 
    जनमत पार्टी रुपन्देहीले पार्टीको केन्द्रीय समितिले मनोनित गरेका जिल्ला समन्वय समितिका पदाधिकारीको पदभार तथा सपथग्रहण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । 
    जनमत जिल्ला समन्वय समिति रुपन्देहीको अध्यक्षमा विष्णु सिंह लोध, उपाध्यक्षमा शम्भु प्रसाद यादव, सचिवमा कृष्ण कोहार, कोषाध्यक्षमा चन्द्रभुषण वर्मा (सागर) र सह–सचिवमा मनोनित ई. राघवेन्द्र पटेललाई सपथग्रहण गराइएको हो ।

    रुपन्देहीको मायादेवी गाउँपालिका–४ स्थित सुण्डीमा भएको उक्त कार्यक्रममा जनमत पार्टीका जिल्ला पदाधिकारीहरुलाई पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले पदभार तथा सपथग्रहण गराएका थिए । 

    जनमत पार्टी रुपन्देहीका निवर्तमान जिल्ला संयोजक एवं केन्द्रीय सदस्य रामकेश गुप्ताको अध्यक्षता तथा प्रकाशन विभाग सचिव विकास प्रसाद लोधको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य निर्मला हरिजन, समाज कल्याण विभाग सचिव चन्द्रशेखर सोनार, भ्रष्टाचार नियन्त्रण विभाग प्रमुख संजय मिश्रा लगायतको उपस्थिति रहेको थियो ।