images

शनिवार, बैशाख १५ गते २०८१

५० प्रतिशत अनुदानमा १५० बढि कृषकहरुलाई कृषि यन्त्र वितरण

५० प्रतिशत अनुदानमा १५० बढि कृषकहरुलाई कृषि यन्त्र वितरण

images
images
images
मंगलवार, आषाढ ८ २०७८
मंगलवार, आषाढ ८ २०७८
  • ५० प्रतिशत अनुदानमा १५० बढि कृषकहरुलाई कृषि यन्त्र वितरण

    परासी, ८ असार ।

    images

    बेलासपुर कृषक समूह नवलपरासीद्वारा कृषकहरुलाई कृषि यन्त्रहरु वितरण गरिएको छ । समूहको अध्यक्ष अनिल कुमार मिश्राको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सो गाउँपालिकाका वडा २, ३ र ४ का गरि १ सय ५० बढि किसानहरुलाई ५० प्रतिशत अनुदानमा उक्त कृषि यन्त्रहरु वितरण गरिएको हो । कृषकहरुलाई कृषि यन्त्र वितरण कार्यक्रममा प्रमुख अतिथि एवं पाल्हीनन्दन गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ताले ति कृषकहरुलाई कृषि यन्त्रहरु वितरण गरे । 

    प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ब्लक विकास कार्यक्रम मार्फत कृषि ज्ञान केन्द्र नवलपरासीको ५० प्रतिशत र कृषकहरुको ५० प्रतिशत लगानीमा ४६ लाख ७६ हजार रुपैयाँ बराबरको उक्त कृषि यन्त्रहरु वितरण गरिएको समुहका अध्यक्ष अनिल कुमार मिश्राले जानकारी दिए । अध्यक्ष मिश्राका अनुसार कृषकहरुलाई वितरण गरिएको कृषि यन्त्रमा १७ थान पम्पिङ्ग सेट, २ थान भुसा बनाउने मेसिन, १४ थान पानी तान्ने मोटर, ३५ थान बोरिङ्ग, ५१ थान सिडबिन, ५ सय ५९ फिट सेक्सन पाईप, ७ सय ४० किलो डिलेभरी जानकारी दिए । 

    कृषकहरुलाई कृषि यन्त्र वितरण गर्दै प्रमुख अतिथि तथा पाल्हीनन्दन गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ताले यस यन्त्रहरुको भरपुर सदुप्योग गरि उत्पादन बढाउन कृषकहरुलाई आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि गुप्ताले यो यन्त्रहरु पाएका किसानले यसलाई घरमै नथन्काई यसको भरपुर लाभ लिई व्यवसायिक कृषि खेती गर्ने र बढि बढिभन्दा बढि उत्पादन गरि आय आर्जनलाई मजबुद बनाउन सुझाव दिए। 

    कार्यक्रममा विशेष अतिथि एवं कृषि ज्ञान केन्द्रका प्रमुख देवेश कुमार मिश्राले अनुदानमा पाएको यि यन्त्रहरुलाई पुर्ण अपनत्व लिई परम्परागत तथा व्यवसायिक कृषि कार्यमा प्रयोग गरि अन्नबालीको उत्पादकत्व बढाई बढिभन्दा बढि आम्दानी गर्न सुझाव दिए । उनले कृषि कार्य गर्दा आवश्यक प्राविधिक सहयोग र परामर्श ज्ञानकेन्द्रले गर्ने र आगामी दिनमा कृषि क्षेत्रमा राम्रो उत्पादन गर्ने किसानलाई थप प्रोत्साहित गर्ने खालको कार्यक्रम ल्याउने जानकारी दिए । कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा ति कृषि यन्त्रहरु पाउने कृषकहरु अबका दिनमा खेती गर्न निकै सहज हुने र उत्पादनमा बृद्धि गर्न सकिने भन्दै हर्षित भएका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij