२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

अदालतको फैसलाले एमाले एकताको अपरिहार्यतालाई जोड दियो : योगेश भट्टराई

मंगलवार , आषाढ ८, २०७८

भैरहवा, ९ असार । 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो आफूलाई लागेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि नेता भट्टराईले यस्तो प्रतिक्रिया जनाएका छन् ।

नेता भट्टराईले सामाजिक संजालमा फेसबुकमा लेखेका छन्, ‘एकताको पक्षमा उत्प्रेरणा नै मान्नुपर्छ । बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन् नी, बुझ्नेलाई श्रीखण्ड नबुझनेलाई खुर्पाको बिंड ।’