२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

२५ जना बढी नेता-कार्यकर्ता जनमत पार्टीमा प्रवेश

शुक्रवार , आषाढ ११, २०७८

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • भैरहवा, ११ असार । 
    विभिन्न पार्टी परित्याग गरी २५ जना बढी नेता-कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीले शुक्रबार मायादेवी-६ बेथरीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सुर्यपुरा मा.वि. व्यवस्थापन समितिका सदस्य ईश्वरचन्द चौधरीसहित २५ जना बढी पार्टीमा प्रवेश गरेका हुन् । जनमत पार्टीमा प्रवेश गर्नेहरुमा मानराजी मा.वि. सेमरा, मर्चवार व्यवस्थापन समिति सेमरा सदस्य रामुसुमेर ठाकुर, दुधनाथ लोध, मोहम्मद सफिक खान लगायत रहेको पार्टीले जनाएको छ ।

    कार्यक्रममा पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले नवप्रवेशी नेता-कार्यकर्ताहरुलाई सदस्यता प्रदान गरेका थिए ।

    जनमत पार्टी रुपन्देहीका जिल्ला अध्यक्ष विष्णु सिंह लोधको अध्यक्षता तथा सचिव कृष्ण कोहारको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ता, निर्मला हरिजन, समाज कल्याण विभागका केन्द्रीय सचिव चन्द्रशेखर सोनार, नेताहरु संजय कुमार मिश्रा, विकास प्रसाद लोध, रामदेव यादव, शम्भु यादव, सागर वर्मा, प्रदेशी केवट, राघुवेन्द्र पटेल लगायतको उपस्थिति रहेको थियो ।