images

आइतवार, बैशाख १६ गते २०८१

गुल्मीका वडा सदस्य अर्याल जनताको सेवा संगै व्यावसायिक कालिज पालनमा

गुल्मीका वडा सदस्य अर्याल जनताको सेवा संगै व्यावसायिक कालिज पालनमा

images
images
images
बिहिवार, आषाढ १७ २०७८
बिहिवार, आषाढ १७ २०७८
  • गुल्मीका वडा सदस्य अर्याल जनताको सेवा संगै व्यावसायिक कालिज पालनमा

    गुल्मी ।

    images

    विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ अर्थात् कोरोना भाइरसको दोस्रो भेरियन्टका कारण सिङ्गो देश लकडाउनमा छ । कैयौँले आफ्नो रोजिरोटी गुमाएका छन् त कैयौँका व्यावसाय धरापमा छन् । देशको सिङ्गो अर्थतन्त्र पछाडी धकेलिदैं छ । कारोना भाइरसले कहि युवालाई गाउँ फर्काएको छ त कतिलाई प्रदेशी भुमीमा बेरोजगार बस्न बाध्य बनाएको छ । लामो समय सम्म लागेका लकडाउनका कारण विपन्न,गरिब र मजदुर परिवार भोक भोकै बाँच्न बाध्य छन् । कारोनाको नियन्त्रणको लागी लामो समय सरकारले लगाएको निषेधाज्ञाका कारण गाउँमै केहि गर्ने पर्छ भन्ने पाठ समेत सिकाएको छ ।

    गुल्मीका एक जनप्रतिनिधिले जनताको सेवा संगै गाउँमा व्यावसायिक कालिज पालन सुरु गरेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नं ४ अर्खाबाङ्गका निर्वाचित वडा सदस्य बसन्त अर्यालले ६ महिना देखी मालिका कालिज तथा पशुपन्छी फार्म दर्ता गरी मुलाबारीमा ब्याबसायिक कालिज तथा कुखुरा पालन सुरु गरेका छन् । अर्यालले चल्ला उत्पादनको लागी ह्याचरी मेसिन,खोर निर्माण,कालिज र बिभिन्न प्रजातिका कुखुरा लगायत भौतिक संरचनामा झण्डै २३ लाखको लगानीमा फार्म संचालन गरेको संचालक बसन्त अर्याल बताउँछन् ।

    अर्यालको फार्ममा साना ठुला गरी करिब ५ सय कालिज, १ सय कडकनाथ,२ सय लोकल कुखुरा,लौकाट १ सय भन्दा माथि पाल्दै आएका छन्। ४ महिनाको अबधिमा १ देखी डेढ केजीका कालिज भईसेकेका छन् । आफ्नो फार्मबाट ३ हजार लोकल कुखुरा उत्पादन गरी मालिका ५ को वडा कार्यालय बेरोजगार युवा कार्यक्रमका लागी बिक्रि गरिसकेका छन् । वडाले बेरोजगार युवाको परिवारलाई १ बोरा दाना र ३० वटा लोकल कुखुरा बितरण गरिसकेको छ । आफुहरु जनताको बिश्वास र मतदान पछि निर्वाचित भएको जनप्रतिनिधि भएकाले अब गाउँमै समाजसेवाका साथ केहि गर्ने उर्जाले आफुले व्यावसायिक कृषि क्रान्तिमा लागेको मालिका कालिज तथा पशुपन्छी फार्मका संचालक बसन्त अर्यालले बताए । अर्याल भन्छन् “बाँझो उर्भर भूमीलाई प्रयोग गरी गाउँमै सुन फलाउँन सकिन्छ भन्ने अठोटका साथ फार्म सुरु गरेको हुँ”। हाल ६ रोपनी आफ्नो जग्गामा फार्म संचालन गरेको र आगामी दिनमा फार्मको बिस्तार गरी स्थानियलाई रोजगार दिने योजनामा छन् अर्याल । हाल उत्पादन भएका कालिजको मुल्य ३ हजार देखी ३५ सय सम्म बिक्रि हुने बताउँछन् । आफुहरुले गाउँमै कृषि कर्मबाट फड्को मार्न खोजिरहेको र आफुले सक्दो ब्याबसाय सुरु गरी आफ्नै देशमा उनी केहि गर्न आग्रह गर्छन् ।

    मालिका गाउँपालिकाले आर्थिक अभाब,बैदेशिक रोजगार बाट गाउँ फर्किएर कृषि तथा पशुपालन गर्ने चाहाने युवाहरुलाई उत्पादनमा आधारित कार्यक्रम, विना ब्याज ऋण प्रदान गर्ने लगायतका कार्यक्रम लिएको गाउँपालिका अध्यक्ष रित बहादुर थापाले जानाकारी दिए । कृषि उद्यमी बन्न चाहाने तर बैंकमा धितो राख्न नसक्ने कृषकलाई बिना धितो सहकारीको माध्यमबाट ५० हजार देखी २ लाख ऋण प्रवाह गर्ने र ब्याज मिना गर्ने योजनाका कार्यक्रम गाउँपालिकाले अगाडी सारेको गाउँपालिका अध्यक्ष थापाको भनाई छ । कृषि तथा पशुपालन गर्न चाहाने युवाहरुलाई गाउँपालिकाले सक्दो सहयोग गर्ने मालिका गाउँपालिकाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij