२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सिद्धार्थनगर वडा नम्बर ५ का मतदातालाई बीमा

शुक्रवार , आषाढ १८, २०७८

भैरहवा, १८ असार ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले वडाबासी मतदातालाई जीवन बीमा गर्ने निर्णय गरेको छ ।  मतदाता नामावलीमा नाम समावेश भएका ६४ वर्ष ननाघेका मतदाताहरुलाई वडा नम्बर ५ ले १ लाख बराबरको निःशुल्क बीमा गर्ने वडाअध्यक्ष चेत बहादुर क्षेत्रीले बताए । 

सो का लागि ६४ वर्ष ननाघेका मतदाताले आइतबार १० बजेदेखि १२ बजेसम्म नामदर्ता गर्न सक्नेछन । त्यस्तै सोमबार देखि शुक्रबारसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म नामदर्ता गर्न सक्ने अध्यक्ष क्षेत्रीले बताए । 

त्यसै गरी जेष्ठ नागरिकको हकमा निःशुल्क मोतियाविन्दुको शल्यक्रिया र अन्य स्वास्थ्य परीक्षण वडा कार्यालयले निःशुल्क गर्ने भएको उनले जानकारी दिए । नामदर्ताको समयअवधि रहँदासम्म वडा कार्यालयमा आउने सेवाग्राहीलाई १२ बजेपछि मात्र वडा कार्यालयमा आउनु हुन पनि वडा कार्यालयले सुचित गरेको छ ।