२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

लुम्बिनी प्रदेश सरकारका राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा

शुक्रवार , आषाढ १८, २०७८

  • 5.6K
    Shares
  • 5.6K
    Shares
  • भैरहवा

    लुम्बिनी प्रदेश सरकारकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन्। जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले पार्टीको निर्णय बिपरित मन्त्री बन्न नसक्ने भन्दै राजीनामा दिएको बताएकी छन्।

    सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले सरकारमा बसेर निरन्तरता दिन नसकेको उनले जनाएकी छन्। प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका महन्थ ठाकुर, राजेन्द्र महतो समुहबाट ४ सांसद मन्त्री बनेका थिए। दुई सांसद भने उपेन्द्र यादव समुहमै रही सरकारको बिपक्षीमा रहेका थिए। राज्यमन्त्री रायमाझीले राजीनामा दिएसँगै सरकारलाई बहुमत पुराउन थप समस्या आउने अनुमान विपक्षीले गरेका छन्।

    rajinama.jpg