२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ अर्ब ७२ करोडको खर्च सहमति

शुक्रवार , आषाढ १८, २०७८

काठमाडौं, १८ असार ।
अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु. ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ।  प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ ।

२०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मंसिर ३ गते शुक्रबार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको हो ।