
आइतवार , आषाढ २०, २०७८
भैरहवा । रुपन्देहीकको कोटहीमाई गाउँपालिकामा वडा अध्यक्षले तालावन्दी गरेका छन्।
गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशाशकिय अधिकृत, लेखा अधिकृत र प्राबिधिक कोहि पनि नआएको भन्दै उनीह?ले तालाबन्दी गरेका हुन्।
गाउँपालिकाको वडा नं ३ का अध्यक्ष चन्द्रभान यादव र वडा नं ४ का अध्यक्ष ओम प्रकाश पाण्डेले जनताको काम गर्ने बेलामा कोहि पनि कार्यालयमा नआएको हुँदा कार्यालयमा तालाबन्दी गरेको बताए।
असार मसान्तको चापमा गाँउपालिका नै रित्तै भएपछि वडा अध्यक्षले आफ्नै नेतृत्वमा तालावन्दी गरिएको उल्लेख गरे।
रुपन्देहीको मर्चवार क्षेत्रमा पर्ने उक्त गाउँपालिकामा राजनीतिक प्रतिशोधका कारण तालावन्दी गरिएको बुझिएको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तत्कालिन उपेन्द्र यादव निकट हुन भने ताला लगाउने दुबै अध्यक्ष तत्कालीन राष्ट्रिय जनता पार्टिका नेता सवेन्द्रनाथ शुक्ला निकट हुन्।
गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत दिनेश कुमार गौडले आफु बिरामी भएका कारण कार्यलय जान नसकेको बताए। उनले अध्यक्ष, उपाध्यक्ष र अन्य कर्मचारी के कति कारणले कार्यालय नगएको भन्ने बिषयमा आफुलाई कुनै जानकारी नभएको बताए। अधिकृत गौडले आफु भोली सोमबारदेखि कार्यालय जाने उल्लेख गरे।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij