images
images

शनिवार, जेठ ५ गते २०८१

बाख्रापालनबाट आम्दानी गर्दै किसान

बाख्रापालनबाट आम्दानी गर्दै किसान

images
images
images
सोमवार, आषाढ २१ २०७८
सोमवार, आषाढ २१ २०७८
  • बाख्रापालनबाट आम्दानी गर्दै  किसान

    देउखुरी, २१ असार 

    images
    images
    images

    व्यावसायिक बाख्रापालनबाट पछिल्लो समयमा राम्रो आम्दानी हुँदै आएको छ । सस्तो र कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएपछि दाङमा व्यावसायिक रुपमा बाख्रापालन फस्टाएको छ । अधिकांश किसान बाख्रापालनबाट राम्रो आम्दानी गरेका छन् ।

    घोराही उपमहानगरपालिका–१ निवासी सुमन थापाले चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन शुरु गरेका हुन् । विदेशमा दुःख, कष्ट सहेर काम गर्दा सोचेजस्तो सफलता हात नपरेका र राम्रो कमाइ गरेका पनि नेपालमा आएर व्यावसायिक रुपमा बाख्रापालनमा आकर्षण भएका छन् । थापाले घर खर्चको लागि पालेका दुई बाख्राबाट अहिले २१ वटा भएका छन् । उनले ५० वटा अट्ने एउटा खोर बनाएका छन् ।

    खर्च कटाएर वार्षिक रु चार लाख आम्दानी हुने गरेको उनले बताए । चार वर्ष मलेसिया बसेँ त्यहाँ केही फाइदा नदेखेपछि घर पर्केर बाख्रा पाल्न शुरु गरेको हुँ, थापा भन्छन् । “२० हजारको लगानीमा चार पाठीबाट शुरु गरेको व्यवसाय अहिले १० वटा पाठापाठी दिने माउ, १२ वटा पाठापाठी र दुई वटा बोका छन् ।” दुई महिनाको पाठापाठी रु १० हजारका दरले बिक्री हुने गरेका छन् । खर्च कटाएर रु तीन लाख वार्षिक आम्दानी हुने गरेको उनको भनाइ छ ।

    यसपालि घोराही उपमहानगरको कृषि शाखाले बोयर जातको बोका दिएकाले क्रस पाठापाठी भयो भने आम्दानी अझै राम्रो हुने थापाको विश्वास छ । घोराही–१ सिमलतारा निर्मला सेन पुनलाई आफ्नी आमाले दुई पाठी दिएकी थिइन् । तिनै बाख्रा पाल्दै जाँदा अहिले ११ वटा भएका छन् ।

    तीन वर्षदेखि बाख्रापालन गर्दै आएकी सेनलाई घोराही उपमहानगरपालिले कृषि शाखाले चार माउ बाख्रा दिएपछि उनी धेरै खुशी भएकी छन् । श्रीमान् वैदेशिक रोजगारीबाट फर्किएपछि यतै व्यवसायिक रुपमा बाख्रापालनमा लगाउने उनको योजना छ । “विदेशी भूमिमा काम गर्नुभन्दा थोरै भए पनि आफ्नै भूमिमा काम गर्नु उत्तम हुन्छ । काम सानो, ठूलो नभनी आफ्नो लगानीमा गाउँघरमा काम गर्दा आनन्द लागेको छ”, पुनले भनीन् । राम्रो व्यवस्थित एउटा खोर बनाउनुभएकी पुनलाई घर छेउमा भएको डालेघाँसले सजिलो भएको छ । खर्च कटाएर वार्षिक रु दुई लाखभन्दा धेरै आम्दानी हुने गरेको छ । दाङमा बाख्राको बजार एकदमै राम्रो भएकाले बिक्रीका लागि समस्या नभएको उनले बताइन्उ। रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij