images

शनिवार, बैशाख १५ गते २०८१

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेश

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेश

images
images
images
सोमवार, आषाढ २१ २०७८
सोमवार, आषाढ २१ २०७८
  • राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेश

    काठमाडौँ, २१ असार 

    images

    राष्ट्रियसभाको आजको बैठकमा दुई वार्षिक प्रतिवेदन पेश गरिएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७६÷०७७’ सभासमक्ष पेश गरेका थिए । त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनसभासमक्ष पेश गरीन्।

    बैठकले राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटालाई प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा र दृगनारायण पाण्डेयलाई राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मनोनयन गरेको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाअन्तर्गतका विषयगत समितिमा उनीहरुको नाम मनोनयनका लागि गरेकाे प्रस्तावमा बैठकले सर्वसम्मतिले सहमति जनाएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते दिउँसो १ बजे बस्नेछ । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij