images

आइतवार, बैशाख १६ गते २०८१

लागत साझेदारीमा तिलोत्तमाका ५० जना किसानलाई गाई

लागत साझेदारीमा तिलोत्तमाका ५० जना किसानलाई गाई

images
images
images
सोमवार, आषाढ २१ २०७८
सोमवार, आषाढ २१ २०७८
  • लागत साझेदारीमा तिलोत्तमाका ५० जना किसानलाई गाई

    भैरहवा, २१ असार ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर १२ का ५० जना किसानले लागत साझेदारीमा एक÷एक वटा गाई प्राप्त गरेका छन् । किसानलाई व्यवसायिक पशुपालनमा अग्रसर गराउन तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत लागत साझेदारीमा किसानलाई गाई खरिद गर्ने गरी अनुदान उपलब्ध गराएको हो ।

    संघीय कार्यक्रमअनुसार नगरपालिकाले लागत साझेदारीमा गाई प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको पशु विकास शाखाले जनाएको छ । किसान समेतको लागत साझेदारीमा कुल ४३ लाख ६० हजारको बजेटमा किसानलाई गाई खरिदमा अनुदानको अतिरिक्त पशुबीमा, आवश्यक औषधि, औजार समेत उपलब्ध गराइएको पशु विकास शाखाले जनाएको छ । वडा नम्बर १२ का पाँच वटा पशुपालन समूहमार्फत् किसानले लागत साझेदारीमा गाई खरिद गरेका हुन् ।

    सोमबार किसानलाई औषधि तथा कृषि औजार वितरण गर्दै कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीले अनुदान रकमको सदुपयोग गर्न किसानलाई आग्रह गरिन् । तिलोत्तमा नगरपालिका दुधमा आत्मनिर्भर रहेको र किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले प्रतिलिटर दुधमा एक रुपैंयाँ अनुदान समेत दिने गरेको बताउँदै उनले नगरपालिकाले उपलब्ध गराएका सेवा÷सुविधा लिन किसानलाई आग्रह गरिन् ।

    त्यस्तै वडाध्यक्ष सहदेव थारुले जनप्रतिनिधिहरु सधै किसानको पक्षमा रहेको चर्चा गर्दै व्यवसायिक पशुपालन गर्न किसानलाई आग्रह गरे । लागत साझेदारीमा गाई प्रवद्र्धन कार्यक्रम सञ्चालन समिति संयोजक कृष्ण प्रसाद पौडेलले गाई खरिदका अतिरिक्त औषधि र उपकरणमा किसानलाई प्राप्त सहयोगले किसानलाई कृषि कर्ममा लाग्न अभिप्रेरित गरेको उल्लेख गरे ।

    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij