images

आइतवार, बैशाख १६ गते २०८१

साढे तीन लाखको अवैध सामान बरामद

साढे तीन लाखको अवैध सामान बरामद

images
images
images
सोमवार, आषाढ २१ २०७८
सोमवार, आषाढ २१ २०७८
  • साढे तीन लाखको अवैध सामान बरामद

    भैरहवा, २१ असार ।

    images

    प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट सोमबार अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मझगावा, इलाका प्रहरी कार्यालय बेलहिया र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले ३ लाख ४८ हजार २ सय ४० रुपैयाँ बराबरको सामान बरामद गरेको हो । भारतवाट नेपालतर्फ भन्सार छली, चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा फेला पारी स्थानीयको रोहबारमा सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । 

    बरामद गरिएको सामानमा रेडबुल २७ पेटी, चिनी २० बोरा, गहुँ ३० बोरा, चामल ३ बोरा, नुन ३ बोरा, मैदा ५ बोरा, स्याण्डो २०० पिस, चियापत्ती, ७० प्याकेट, सुट ४ पिस, सारी १४ पिस, मच्छर धुप १६ प्याकेट, चकलेट ८ प्याकेट,  बायरिङ बोर्ड १५० पिस र कस्मेटिक चुरा ५५ बट्टा रहेका छन् । बरामद गरिएको सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको डीएसपी थापाले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij