२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

स्रोत नखुलेको ३१ लाख बढी रकमसहित दुईजना पक्राउ

मंगलवार , आषाढ २२, २०७८

भैरहवा, २२ असार ।

स्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार पौने २ बजे रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित वाईपासबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा सिद्धार्थनगर नगरपालिका १ का २१ वर्षिय विनय कलवारले चलाएको लु २१ प २२१२ नम्बरको स्कुटी रोकेर खानतलासी गर्ने क्रममा उनले बोकेको झोलाबाट उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । स्कुटीमा बसेका भारतको उत्तरप्रदेश नौतनवाका ३५ वर्षिय सुरज गौडलाई समेत पक्राउ गरिएको डीएसपी थापाले जानकारी दिए ।

स्रोत नखुलेको रकम फेला परेपछि उक्त रकम, स्कुटी र २ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिइ बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।