२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सिद्धार्थनगरमा मेलमिलाप तालिम सुरु

बुधवार , आषाढ २३, २०७८

भैरहवा, २३ असार ।
सिद्धार्थनगर नगरपालिकाको आयोजनामा बुधबारदेखि ८ दिनसम्म मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण कार्यकम सुरु भएको छ । कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र सेलर्डको प्राविधिक सहयोग तथा निर्वाणा लिगल एडभाइजर्स फोरम रुपन्देहीको समन्वयमा तालिम सुरु भएकोे हो । 

नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, प्रमुख प्रशिक्षक कुमार शर्मा आचार्य, प्रशिक्षक सुर्य अधिकारी लगायतले बोलेका थिए । 

तालिममा सिकेका कुरा व्यवहारमा उतार्न कार्यक्रमका वक्ताहरुको भनाइ थियो । स्नातक तह उत्तीर्ण मात्र सहभागी तालिमले उत्कृष्ट मेलमिलापकर्ता उत्पादन गर्ने उनीहरुको भनाइ थियो । 
नगर उपप्रमुख उमा काफ्लेको स्वागत मन्तव्य तथा सहकारी, पर्यटन, उद्योग तथा सामाजिक सुरक्षा उपशाखा प्रमुख कमलकान्त खनालको सञ्चालनमा कार्यक्रम भएको थियो । तालिममा नगरपालिकाभित्रका ३० जनाको सहभागिता रहेको छ ।