२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सैनामैना उधोग वाणिज्य संघको अधिबेशन अन्यौलमा

अधिबेशन रोक्न श्रेष्ठपक्षद्धारा प्रशासनमा निवेदन

शुक्रवार , आषाढ २५, २०७८

सैनामैना २५ असार। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अधिबेशन नगर्न भनि आदेश दिए संगै सैनामैना उद्योग वाणिज्य संघको अधिबेशन अन्यौलमा परेको छ ।संघका उधोग उपाध्यक्ष रिम बहादुर श्रेष्ठ पक्षले आफुहरुको सहमति विना नै अधिबेशन गर्न लागीएको भन्दै असार २४ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा निवेदन दिए अनुसार प्रशासनले निषेधाज्ञा अवधिभर अधिबेशन नगर्न भनि संघलाई परिपत्र गरिसकेको छ ।

सैनामैना उधोग वाणिज्य संघका उधोग उपाध्यक्ष रिम बहादुर श्रेष्ठ,वाणिज्य उपाध्यक्ष ऋषिराम पाण्डेय,कोषाध्यक्ष टिका शाही,सदस्यहरु चाम बहादुर क्षेत्री,विष्णु पाण्डेय,कमल अर्याल,चमकला बमरेल मगर,सल्लाहाकार खुशीराम चौधरी लगायतले संयुक्त रुपमा आज पत्रकार सम्मेलन गर्दैै विधान विपरित एकलौटी तरिकाले सातौँ साधारण सभा तथा तेस्रो अधिबेशन गर्न लागीएको भन्दै सो कार्य तत्काल रोक्नुपर्ने बताएका छन् ।

गत असार ९ गते संघको पदाधिकारी सहितको बैठकमा रिम बहादुर श्रेष्ठ पक्ष समुहले अधिबेशन हुनुभन्दा पुर्व साधारण सदस्य नविकरणका लागी सुचना जारी गर्न र कोभिण्डको जोखीम न्यूनिकरण भएमा मात्र अधिबेशन गर्नुपर्ने अडान राखे पनि एकाएक अधिबेशनको मिति तय गर्नु विधान विपरित भएको उनीहरुको आरोप रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका वाणिज्य उपाध्यक्ष ऋषिराम पाण्डेले सघमा ७५० बढि साधारण सदस्य रहेको र त्यस मध्ये २ सयलाई मात्र सदस्यता मान्यता दिएको प्रति असन्तुष्टी जनाउदै सवै सदस्यहरुको नविकरण पश्चात मात्र अधिबेशन गर्न सकिन बताएका छन् ।

उधोग,ब्यवसायीहरुको छाता संगठन भनेर चिनिने सैनामैना उधोग वाणिज्य संघमा राजनितिकरण नगर्न आग्रह गर्दै पाण्डेयले विधान र पद्धति अनुसार सर्वसहमतिमै अधिबेशन गराउनुपर्नेमा जोड दिएका छन् । पाण्डेयले भने आफुलाई अधिबेशन सम्बन्धी कुनै पनि बैठकमा आधिकारीक पत्र नआएको र अध्यक्षबाट नै गैरजिम्मेवार तर्क आएको आरोप लगाएका छन् । सवै सदस्यहरुको सदस्यता नविकरण नगराए सम्म अधिबेशन नहुने समेत जानकारी दिए ।

यस्तै,सम्मेलनमा संघका सल्लाहाकार खुशीराम चौधरीले क्यालेन्डर विमोचन जस्ता सामान्य कार्यक्रममा मात्र संघले गरेको बताउँदै अधिबेशनका कुनै जानकारी नभएको बताएका छन् ।बन्दाबन्दीका कारण नविकरण गर्न असमर्थ भएका दुई तिहाई भन्दा बढि साधारण सदस्यहरुलाई उपेक्षा गरि नविकरणको मौका र अधिकारबाट बञ्चित गरि आटेको अधिबेशनको कुुनै औचित्य नहुने सल्लाहाकार चौधरीको ठम्माई छ ।

यहि असार १५ गते बसेको बैठकले असार २६ गते सातौँ साधारण सभा तथा तेस्रो अधिबेशन गर्न भनि मिति तय गरिसकेको थियो ।सैनामैना उधोग वाणिज्य संघको अधिबेशन तिन वर्षमा हुने ब्यवस्था छ । संघ दोस्रो अधिबेशनमा पनि नेतृत्वकै लागी विवाद चुलिएको थियो । सहमति अनुसार नै दोस्रो अधिबेशन सम्पन्न भएको थियो ।

कत्तै भागभण्डाको आकाक्षा र राजनिति हावी हुदाँ उधोग,ब्यवसायीहरुको हकहितका लागी बनेको प्रतिष्ठान नेतृत्वकै लागी वर्षैनी विवाद भइरहेको त होइन भन्ने आशंका सजिलै गर्न सकिन्छ ।

01.jpg