
शनिवार , आषाढ २६, २०७८
बुटवल, २६ असार ।
सरकारको बचाउ गर्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय विद्यार्थीले बुटवलमा प्रदर्शन गरेको छन् । राजनीतिक निकासको लागि ताजा जनादेश अपरिहार्य रहेको भन्दै सत्तारुढ दल एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) रुपन्देहीले बुटवल बहुमुखी क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनमा उनीहमरुले वी वान्ट इलेक्सन (हामी निर्वाचन चाहन्छौं), पेट्रोलियम पदार्थको मुल्यवृद्वि फिर्ता गर, बहुदलीय लोकतान्त्रिक प्रणाली माथिको आक्रमण स्वीकार्य छैन, विद्यार्थी र शिक्षकलाई खोप दिई पढाई, परीक्षा र शैक्षिक सत्र सूचारु गर लगायतका नारा लेखिएका प्लेकार्ड लिएका थिए ।
संगठनको केन्द्रीय कार्यक्रम अनुसार अनेरास्ववियूले बुटवलमा पनि प्रदर्शन गरेको हो । उनीहरुले ‘वी वान्ट इलेक्सन’ लेखिएको प्ले–कार्ड लिएका थिए । उनीहरुले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहितको विपक्षी गठबन्धनलाई निर्दलीय गठबन्धनको संज्ञा दिएका छन् । प्रदर्शनमा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य सरोज पोखरेल, बालकृष्ण पाण्डे, रुपन्देही जिल्ला संयोजक साजन भण्डारी लगायतका विद्यार्थी नेताहरु सहभागि रहेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij