२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

सैनामैनामा दुई मोटरसाइकल एकाआपसमा ठोक्कीयो,३ जना गम्भीर घाइते

आइतवार , आषाढ २७, २०७८

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • असार २७ गते

    रुपन्देहीको सैनामैनामा मोटरसाइकल दुर्घटनामा परि तिन जना पुरुष गम्भीर घाइते भएका छन् । पुर्व– पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा न.८ रामापुरमा आज(आइतबार) दिउसो ५ : ३० बजेको समयमा दुई मोटरसाइकल एकाआपसमा ठोक्कीदा मोटरसाइलमा सवार तिन जना पुरुष गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिवाकर रिजालले जानकारी दिए ।

    पुर्वबाट पश्चिम तर्फ आईंरहेको लु ६८ प १३८५ मोटरसाइल र विपरित दिशाबाट गईरहेको लु ६० प ३२८२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा सो घटना भएको हो । गम्भीर घाइते तिनै जनाको लुम्बिनी प्रादेशीक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    गम्भीर घाइते हुनेमा सैनामैना वडा न.१० पानबारी बस्ने वर्ष अन्दाजी २६का तारासिंह राना,कपिलबस्तु जिल्ला बस्ने वर्ष २८का ताराचरण चौधरी,सोही जिल्ला बस्ने वर्ष १९का रविन थारु रहेका छन् । घटना सम्बन्धी थप अनुसन्धान अघि बढेको प्रहरी निरिक्षक रिजालको भनाई छ ।

    211288905_857101611575872_2992517390585770529_n.jpg