२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

रुपन्देहीमा थप २४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

मंगलवार , आषाढ २९, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • २९ असार, भैरहवा ।

    रुपन्देहमिा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार १८८ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा २४  जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म रुपन्देहीमा २८ हजार ६ सय १३ जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने २७ हजार ७ सय ९४ जना  संक्रमण मुक्त भएका छन्  ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोना संक्रमणका कारण रुपन्देहीमा ५ सय ५ जनाको मृत्यु भएको छ ।

    कुन पालिकामा कति संक्रमित  थपिए ?

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा १०, सैनामैना नगरपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै तिलोत्तमा नगरपालिकामा ४, देवदह नगरपालिका र ओमसतिया गाउँपालिकामा  २/२  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।