२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा धन्यवाद व्यक्त

मंगलवार , आषाढ २९, २०७८

काठमाडौं, २९ असार । 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । अर्थ मन्त्रालय, गृह मन्त्रालय, उर्जा, जलस्रोत तथा  सिँचाई मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टाछुट्टै बिदाई कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगमा मुलुक र जनताका पक्षमा कैयौं दुरगामी काम गर्न सकेको बताए ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले आफूलाई जस्तै अब आउनुहुने मन्त्रीहरुलाई पनि साथ र सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेका थिए ।