२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

रुपन्देहीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

बुधवार , आषाढ ३०, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  •  भैरहवा , ३० असार ।

    रुपन्देहमिा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार २२४  जनामा गरिएको आरटीपीसीआर परीक्षणमा ३७   जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म रुपन्देहीमा २८ हजार ६ सय ५०  जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने २७ हजार ८ सय २४ जना  संक्रमण मुक्त भएका छन्  ।

     हाल सम्म कोरोना संक्रमणका कारण रुपन्देहीमा ५ सय ५ जनाको मृत्यु भएको छ ।

    कुन पालिकामा कति संक्रमित  थपिए ?

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा २४ , तिलोत्तमा नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै  सैनामैना नगरपालिकामा  ४, देवदह नगरपालिका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।