२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश

बिहिवार , आषाढ ३१, २०७८

काठमाडौँ, ३१ असार ।

सरकारले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते अपराह्न ४ बजे प्रतिनिसभाको बैठक बोलाउन सिफारिश गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाको बैठक आह्वान गर्ने सम्बन्धमा राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय भएको जानकारी दिए । सर्वोच्च अदालतले यही असार २८ गते गरेको फैसलाअनुसार सात दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने उल्लेख छ । सर्वोच्चको परमादेशका आधारमा शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकार गठन भएसँगै प्रतिनिधिसभाको बैठक बोलाउन लागिएको हो । रासस