२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोखरेल प्रदेश सभा भवनबाट बाहिरिए

बिहिवार , आषाढ ३१, २०७८

 बुटवल । सत्तापक्षका सांसदले प्रदेश सभा बैठक बहिस्कार गरेपछि आधा घण्टाका लागि स्थगित भएको प्रदेश सभा बैठक पुनः सुचारु हुनुअगावै मुख्यमन्त्री शंकर पोखरेल प्रदेश सभा भवनबाटै बाहिरिएका छन्।

प्रदेश सभाको आजको कार्यसुचि प्रदेश सभामा बजेट निर्णयार्थ पेश हुनु अगावै मुख्यमन्त्री पोखरेलसहित सत्ता पक्षका सांसदले संसद बहिस्कार गरेका थिए। बिपक्षी सांसदले संसद बहिस्कार गरेपछि सभामुख पुर्ण बहादुर घर्तिले आधा घण्टाका लागि संसद स्थगित गरेका थिए। उनले साढे ५ बजेका बैठक बोलाएका थिए। साढे ५ बजे सुरु हुनु पर्ने भएपनि मुख्यमन्त्री पोखरेल संसद भवनबाट नै बाहिरिएका हुन्। उनी अहिलेसम्म संसद छिरेका छैनन्। यसअघि बैठकमा बजेटका छलफलका क्रममा उठेका प्रश्नहरुको मन्त्रीहरुले उत्तर दिएका थिए।

मुख्यमन्त्री पोखरेलको जवाफी सम्बोधनपछि सत्तापक्षका सांसद बैठक छाडेर बाहिरिएका थिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको दाबी गर्दै विपक्षी गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै बजेट पारित नहुने देखेपछि सत्ता पक्षले सदन बहिस्कार गरेका हुन्।