२०८३, आषाढ १२ गते

Jun 26 2026 | २०८३, आषाढ १२ गते

लुम्बिनी प्रदेश सरकार : संसदबाट बजेट पास गर्न नसकेपछि मध्यरातमा प्रदेश सभाको अधिबेशन अन्त्य 

शुक्रवार , श्रावण १, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा। लुम्बिनी प्रदेश सरकारले संसदबाट बजेट पास गर्न नसकेपछि प्रदेश सभाको अधिवेशन अन्त्य गरेको छ। 

    बिहीबार बजेट पास गर्ने कार्यसूची रहेपनि संसदबाट बजेट पास गर्न बहुमत नपुगेपछि सत्तारूढ दल नेकपाले बैठक बहिस्कार गरेको थियो। 

    सत्तापक्षले बैठक बहिस्कार गरेपछि सभामुख पुर्णबहादुर घर्तिले केहि समय बैठक स्थगीत गरेर साझ ५ः३० का लागि बैठक बोलाएका थिए। साढे ५ बजे सत्ता पक्ष संसदमा उपस्थित नभएपछि शुक्रबार १ बजेका लागि बैठक बोलाईएको थियो। 

    संसद बहिस्कार गरेका मुख्यमन्त्री शंकर पोखरेल सहितको सत्तापक्षले हतार हतार अधिवेशन अन्त्यको लागि सिफारिस गरेको छ। प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्री परिषद्को सिफारिषमा मध्यरातमा बजेट अधिबेशन अन्त्य गरेका छन्। 

    अधिबेशन अन्त्य गरेसँगै प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने संकेत गरेको छ। मध्यरातमा सरकारको सिफारिशमा प्रदेश प्रमुखको कार्यालयले  अधिवेशन अन्त्य भएको सूचना सार्वजनिक गरेको हो।

    Press Bigyapti 3-31.jpg