२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

रुपन्देहीमा तीन कोरा ईभेन्ट हुँदै

शुक्रवार , श्रावण १, २०७८

बुटवल, १ साउन ।
रुपन्देहीमा यो वर्ष एकैपटक तीनवटा कोरा कार्यक्रम हुन लागेको छ । सामरिक, पर्यटकीय नगरी बुटवलमा दुई तथा सैनामैनामा समेत गरी तीनवटा ईभेन्टहरु हुँदैछन । बुटवलमा रुपन्देही जिल्ला साईकल संघ र पाच वटा क्लबहरुको दुईवटा तथा साईकल साथी सैनामैनाको आयोजनामा सैनामैना कोरा हुने भएको हो । 

शुक्रबार एक समारोहकाबीच ‘बुटवल कोरा २०२१, साईक्लिङ च्यालेन्ज’ कार्यक्रमको टिसर्ट लन्च गरिएको छ । ‘स्वास्थ्यका लागि साईकल, राष्ट्रका लागि साईकल’ भन्ने नारासहित बिबि ग्रुप, लिओक्स बुटवल, आवास ग्रुप, एभरेष्ट पानी उद्योग, एशियन विस्कुट एण्ड कन्फेस्नरी प्रा.लि., देवदह मेडिकल कलेज, शंकरनगर वनवाटिका तथा अनुसन्धान केन्द्र, नवज्योती युवा क्लब, सुरक्षित यात्रा अभियान नेपालको सहयोगको आर्थिक सहयोग तथा रुपन्देहीका पाँचवटा साईकल क्लबहरुको आयोजनामा हुने कार्यक्रमको तयारी पुरा भएको कार्यक्रम संयोजक किरण श्रेष्ठले बताए ।

कोराको उद्देश्य अनुसार नै पवित्र मनका साथ धार्मिक तीर्थाटनको गोलाकार स्थललाई दाहिने पारेर परिक्रमा गरिने गरी रुट तयार भएको उनले बताए । कोभिड–१९ संक्रमणको जोखिमका बेला साईक्लिङ ब्यायमको उपयुक्त उपाय बनेको स्मरण गर्दै उनले रुपन्देहीमा पछिल्लो समय साईकल मोह बढेको बताए । तिलोत्तमा र बुटवलका धार्मिक, पर्यटकिय स्थलहरु समावेश भएको रयाली करीब ५० किलोमिटर हुने उनले बताए ।

कार्यक्रममा बुटवल युनाईटेड साईक्लिङ क्लब, साईकल सिटी बुटवल, तिनाउ साईकल क्लब, बुटवल साईक्लिङ ग्रुपको संयुक्त आयोजनामा शनिबार तिलोत्तमा नगरपालिकाको शंकरनगर बनबाटिका तथा अनुसन्धान केन्द्रबाट सुरु हुने साईकल सिटी बुटवलका अध्यक्ष विनोदजंग कार्कीले बताए । विश्वभर जुलाई १७ गते एकै दिन कोरा गरिने भन्दै उनले धार्मिक स्थलहरुको पहिचान, एकता र सामाजिक भावना विकास गर्ने पवित्र चाडका रुपमा रहेको बताए । दैनिक जीवनमा साईकलको बढी भन्दा बढी प्रयोग गर्न सके पर्यावरण जोगाउन योगदान मिल्ने उनले बताए । 

बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, तिनाउ साईकल क्लबका अध्यक्ष अर्जुन श्रेष्ठ, साईकल सिटीका मनिक विश्वकर्माले युवाहरुलाई एकताबद्ध गराउँदै सामाजिक कार्यमा अग्रसर गराउन साईक्लिङ एउटा माध्यमका रुपमा रहेको बताए । 
बुटवल साईकल क्लबका अध्यक्ष शिवशंकर चौधरीले साइकल रहरसंगै यस क्षेत्रमा व्यवसायिक हुँदै गएको बताए । साईकल विक्री, मर्मतको सेवामा संलग्न भएर तराई क्षेत्रमा ठूलो समुह रहेको उनले बताए ।

यता सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा हुने सैनामैना कोरामा विश्व साईकलयात्री पुस्कर शाह सहभागि हुने आयोजक साईकल साथी सैनामैनाको अध्यक्ष गगन रानाले बताए । मुर्गियाको लुम्बिनी गेटबाट शुरु हुने साईकल ¥याली रिग रोड परिक्रममा गर्दै ५४ किलोमिटरको दुरी पार गर्ने उनले उनले बताए । 

सैनामैनाको पर्यटकीय स्थलहरु रानीकुवा, राजाकुवा, पर्रोहा मन्दिर, बक्सर डाडा हुँदै क्रिकेट स्टेडियम, सिमसार क्षेत्र, चंकीपुर भ्याली लगायत परिक्रममा गर्ने उनले बताए । ‘हामीले रजिष्टे«शन शुल्क बराबरको मुल्य सामाजिक कार्यमा लगाउने लक्ष्य रहेको छ ।’–उनले भने । त्यसै गरी नगरपालिकाको सहयोगमा ग्रिन पार्क विकास गर्ने लक्ष्य समेत अघि बढाएको उनले बताए । संघले आयोजना गरेको कोराको शुल्क ५ सय रुपैयाँ राखिएको छ भने ५ वटा क्लब र सैनामैना कोराको शुल्क भने एक सय रुपैयाँ रहेको छ । काठमाण्ठौ उपत्यकासहित पोखरा, हेटौडा, नेपालगंज, बुटवलमा गरी कोरा कार्यक्रम गरिदैछ ।