images

मंगलवार, जेठ १ गते २०८१

सञ्चारको लागि सांकेतिक भाषाका दोभासेलाई तालिम

सञ्चारको लागि सांकेतिक भाषाका दोभासेलाई तालिम

images
images
images
सोमवार, श्रावण ४ २०७८
सोमवार, श्रावण ४ २०७८
  • सञ्चारको लागि सांकेतिक भाषाका दोभासेलाई तालिम

    भैरहवा, ४ साउन । 
    रुपन्देहीमा कोरोनाको असर परेको समयमै लुम्बिनीमा देशका विभिन्न जिल्लाबाट आएका २० जना सहभागिहरुले ३ महिने तालिम लिइरहेका थिए । लुम्बिनी सांस्कृतिक नगरपालिका स्थित महिलवारमा रहेको होटल सुरम्मामा सञ्चालन भइरहेको उक्त तालिम कोरोनाको असर जिल्लामा परे पनि रोकिएन । तालिममा सहभागी २० जनामध्ये ८ जनाले तालिम छोडेर गए पनि बाँकी रहेको १२ जनाबाट नै उक्त तालिम अगाडी बढाईएको थियो । 

    images
    images
    images

    कोरोनाको त्रासकोबीच पनि अगाडी बढाइएको उक्त ३ महिने तालिम थियो ‘सांकेतिक भाषा सम्बन्धि दोभासे तालिम’ । विशेष गरी बहिरा नागरिकहरुलाई सञ्चारमा सहज पुगोस् भन्ने उद्देश्यले आयोजित उक्त तालिम कार्यक्रममा सहभागि सबै साङ्ग नै थिए । त्यस कारण तालिमको महत्व बुझेर नै तालिम नछोडेको सहभागिहरुको भनाइ थियो । 

    आफ्नो जिल्लामा रहेका बहिरा साथी र नागरिकहरुको हकहितमा काम गर्ने उद्देश्यले तालिममा सहभागी भएको महोत्तरीका युवा प्रमोद बाबुको भनाइ थियो । गाउँघरमा बहिरा साथीहरुलाई भाषाकै कारण अहिले पनि दुव्र्यवहार हुने गरेकोले जिल्ला फर्केपछि उनिहरुको विकासमा लाग्ने उनको भनाइ थियो । 

    सहभागीहरु साङ्ग भए पनि उनीहरुलाई प्रशिक्षण दिने मूख्य प्रशिक्षक कृष्ण गजुरेल भने बोल्न र सुन्न नसक्ने थिए । त्यसले पनि सहभाष्रिुलाई एक प्रकारको उर्जा प्रदान गरेको थियो । नेपालमा बिरलै पाइने यो तालीम राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भाषा आयोग र अष्ट्रेलियन राजदूतावासको सहकार्यमा भएको थियो । 

    बहिरा नागरिकहरुको सञ्चारको मूख्य साधन नै सांकेतिक भाषा रहेको हुदा उनीहरुको विकासको लागि अन्य भाषा जस्तै सांकेतिक भाषालाई पनि महत्व दिनु पर्ने तालिममा सहभागीहरुको भनाइ थियो । कार्यक्रमका प्रशिक्षक कृष्ण गजुरेलले बहिरा नागरिकहरुको कुरा घरमै बुझाउन पनि सांकेतिक भाषा पर्न सक्ने भएकोले राज्यले नै यस्ता भाषा सम्बन्धि दोभासेहरुमा लगानी बढाउन आग्रह गरे ।

    नेपालका विभिन्न जिल्लाका सहभागीहरुलाई उनीहरु सम्बन्धित स्थानीय तहसंग समन्वय गरी रोजगारीको व्यवस्था मिलाइने आयोजकको भनाई छ । अहिले पनि दक्ष दोभासेहरु नभएकोले सहभागिलाई रोजगारको अवसर रहेको छ । स्थानीय तह संगै, विद्यालय, तालीम, गोष्ठीहरुमा सहभागि हुने बहिरा नागरिक र सामान्य नागरिकबीच सञ्चारको काम गर्न सकिने आयोजकको भनाइ थियो । 

    राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले बहिराहरुको मूख्य समस्या भनेकै सञ्चार रहेको र बहिरा नागरिकलाई समाजमा समावेशीकरण गर्नका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । 
    त्यस्तै राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले अन्य भाषाको तुलनामा वहिरा समुदायको भाषाका लागि लगानी नगरेको दुखेसो गर्दे बहिराहरुको मनोभावलाई आम मानिस सम्म ल्याउन आवश्यक पर्ने दोभाषे उत्पादन गर्न पनि लगानी गर्नुपर्ने बताए । उनले यस्ता दोभासेहरुको तालिमको व्यवस्था र उनीहरुको प्रमाणीकरणमा समस्या रहेको गुनासो गरे ।

    तालिम समापन कार्यक्रममा राष्ट्रिय भाषा आयोग मातृभाषा शिक्षा शाखाका प्रमुख डा. लोकबहादुर लोप्चनले भाषा आयोग र महिला तथा बालबालिका मन्त्रालयले विशेष नीतिका साथ यस सम्बन्धि कार्यक्रमहरु ल्याई रहेको दावी गर्छन । सांकेतिक भाषा र ब्रेल लिपिलाई स्थानीय तहसम्म र अड्डा अदालतमा काम गर्न जनशक्ति विकासको आवश्यकता रहेको र सोही जनशक्ति विकास गर्ने क्रममा यो तालिमको आयोजना गरिएको उनको भनाइ थियो । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij