images

सोमवार, बैशाख ३१ गते २०८१

सडक डिभाईडरमा रोटरी डाउनटाउनद्वारा वृक्षारोपण

सडक डिभाईडरमा रोटरी डाउनटाउनद्वारा वृक्षारोपण

images
images
images
मंगलवार, श्रावण ५ २०७८
मंगलवार, श्रावण ५ २०७८
  • सडक डिभाईडरमा रोटरी डाउनटाउनद्वारा वृक्षारोपण

    बुटवल, ५ साउन ।
    रोटरी क्लब अफ बुटवल डाउनटाउनले क्लबको वार्षिक कार्यक्रम अन्तरगत सोमबार मिलनचोकदेखि पश्चिमाञ्चल फाइनान्सको भवनसम्मको डिभाइडरमा वृक्षारोपण गरेको छ । बुटवल उपमहानगरलाई हरियाली र सौन्दर्यकरण गराउने लक्ष्यसहित सडक डिभाईडरमा वृक्षारोपण गरिएको हो । 

    क्लबका लागि वर्ष २०२१/०२२ का एजी डा. नारायण पन्थले सडक डिभाईडरमा वेगममाली फूलको विरुवा रोप्दै उद्घाटन गरेका छन । उनले वृक्षारोपणसंगै यसको संरक्षणमा जोड दिनुपर्ने सुझाव दिए । क्लबका अध्यक्ष जबिन कक्षपतिले नगर सौन्दर्यीकरणको काममा सरकारसंग सहकार्य अघि बढाएको बताए । सडक विस्तारको काम नसकिदा नगर सौन्दर्यीकरणमा ढिलाई भइरहेको उनले दुःखेसो गरे । मिलन चोक क्षेत्रको सडक डिभाईडरमा ३५ वटा विरुवा रोपिएको कार्यक्रम संयोजक शंकर ज्ञवालीले बताए । 

    त्यसै गरी क्लबको आम्दा अस्पताल परिसरमा रहेको बगैचामा स्वामीको १५ वटा विरुवा रोपिएको उनले बताए । कार्यक्रममा सह–संयोजक डिआर भण्डारी, पूर्वअध्यक्ष पिताम्बर ज्ञवाली, इलेक्ट प्रेसिडेन्ट भरत राना, कोषाध्यक्ष भानु केसी, सचिव बाबुराम बन्जाडे लगायतले वृक्षारोपण गरेका थिए । 

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij