images

मंगलवार, जेठ १ गते २०८१

लियो गोल्डेन जुब्लीले सिद्धबाबामा रोप्यो तुलसी

लियो गोल्डेन जुब्लीले सिद्धबाबामा रोप्यो तुलसी

images
images
images
मंगलवार, श्रावण ५ २०७८
मंगलवार, श्रावण ५ २०७८
  • लियो गोल्डेन जुब्लीले सिद्धबाबामा रोप्यो तुलसी

    बुटवल, ५ साउन । 
    लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले हरिशयनी एकादशीको अवसर पारेर मंगलबार सिद्धबाबा मन्दिर बुटवलमा (तल्लो सिद्धबाबा) तुलसी रोपेको छ । एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष श्रीधर बस्यालले पछिल्लो समयमा युवाहरूमा धर्मसंस्कृतिर्को  जगेर्ना गर्नुपर्ने बताए । तुल्सीको मठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका किटाणु नआउने र यो स्वस्थ जीवनका लागि एकदम महत्वपूर्ण रहेकाले लोप हुन लागेको यो तुलसी सम्पूर्ण को घर घरमा लगाउन बस्यालले आग्रह गरे ।

    images
    images
    images

    लियो जिल्ला परिषद ३२५ बी २ नेपाल एरिया ४ रिजन १८ का चियरपर्सन किरण थापाले क्लबहरूले यस्तो धार्मिक कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए । लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीका वर्तमान अध्यक्ष बस्यालको अध्यक्षता रहेका कार्यक्रमको संयोजन पवित्रा भुसालले गरेकी थिइन । क्लबका सचिव महेश ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij