images

सोमवार, बैशाख २४ गते २०८१

निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

images
images
images
मंगलवार, श्रावण ५ २०७८
मंगलवार, श्रावण ५ २०७८
  • निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

    भैरहवा, ५ साउन ।
    कृषि र पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा क्याम्पस, भैरहवाले त्रिभुवन विश्वविद्यालयको ६२ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा क्याम्पस अन्तर्गत पशु चिकित्सा संकायबाट भेटेरिनरी शिक्षण अस्पतालले निःशुल्क दर्ता एवं पशु स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

    images
    images
    images

    भेटेरिनरी शिक्षण अस्पतालका निर्देशक डा. कृष्ण काफ्लेको अध्यक्षता तथा कृषि र पशु विज्ञान अध्ययन संस्थान पक्लिहवाका क्याम्पस प्रमुख डा. राम भजन मण्डलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्याम्पसका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । 

    कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डा. राम भजन मण्डलले वर्तमान समयमा पशु चिकित्साको आवश्यकतालाई जोड दिनुपर्ने बताए ।

    कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको वार्षिक दिवसको बारेमा डा. निर्मल कटुवालले प्रकाश पारेका भने भेटेरिनरी शिक्षण अस्पतालका निर्देशक डा. कृष्ण काफ्लेले अस्पतालको आवश्यकता, अवस्था, चुनौती र अस्पतालको गुणस्तर बढाउनका निम्ति आवश्यक पहल र रणनीतिबारे स्पष्टीकरण पारे। डा. काफ्लेले भेटेरिनरी शिक्षण अस्पताल, पक्लिहवा सातैदिन २४ घन्टा नै पशु सेवाका लागि उपलब्ध रहेको जानकारी दिए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij