images

मंगलवार, बैशाख २५ गते २०८१

कोटहीमाईमा जनमत पार्टीको सम्पर्क कार्यालय स्थापना

कोटहीमाईमा जनमत पार्टीको सम्पर्क कार्यालय स्थापना

images
images
images
मंगलवार, श्रावण ५ २०७८
मंगलवार, श्रावण ५ २०७८
  • कोटहीमाईमा जनमत पार्टीको सम्पर्क कार्यालय स्थापना

    भैरहवा, ५ साउन । 
    जनमत पार्टीले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा पार्टीको सम्पर्क कार्यालय स्थापना गरेको हो । कोटहीमाई-५ स्थित मझगावामा स्थापना भएको कार्यालयको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले मंगलबार उद्घाटन गरेका छन् ।

    images
    images
    images

    पार्टी कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको सो पार्टीले जनाएको छ । उनीहरुलाई पार्टीका केन्द्रीय सचिव यादवले टिका लगाएर सदस्यता हस्तान्तरण गर्दै जनमत पार्टीमा प्रवेश गराएका हुन् ।

    जनमत पार्टी कोटहीमाई गाउँपालिकाका अध्यक्ष सुवाचन्द्र यादवको अध्यक्षता, पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य रामकेश गुप्ताको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनमत महिला केन्द्रीय सदस्य निर्मला हरिजन, भ्रष्टाचार नियन्त्रण जनमत संघका केन्द्रीय प्रमुख संजय मिश्रा, पुञ्जका केन्द्रीय सदस्य बिरेन्द्र धवल भोटे, इञ्जिनियर जनमत संघका जिल्ला अध्यक्ष अमरनाथ यादव, राजु जयसवाल, मुरारी प्रजापति लगायत पार्टीका ७ वटै वडाअध्यक्षहरुको उपस्थिति रहेको थियो । पवन कुमार मौर्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    220343460_1427597954265903_1488978510346811184_n.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij