बुधवार , श्रावण ६, २०७८
भैरहवा, ६ साउन ।
नमस्ते एकेडेमी तिलोत्तमाले सिद्धार्थनगरका शैक्षिक संस्थासंग साक्षात्कार कार्यक्रम गरेको छ । आफ्ना अनुभव साटासाट गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको हो ।एकेडेमीले गर्न सक्ने सहयोग शिक्षक तालिम लगायतका विभिन्न कार्यमा सहयोग र सहकार्य गर्न तत्पर रहेको एकेडेमीका प्राचार्य कमल सापकोटाले बताए ।
कार्यक्रममा एकेडेमीका शैक्षिक निर्देशक डा. मार्क बार्तुलुोमुले ब्रिटिस कलेजसंग नमस्ते एकेडेमीले सहकार्य गरेको बताए । कार्यक्रममा एकेडेमीका भिमजंग बस्नेतले कक्षा ११ र १२ पनि यो वर्षदेखि व्यवस्थापन र विज्ञान संकायमा सन्चालन हुन लागेको बताए ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका उपाध्यक्ष दिलिप कुमार कान्दु ,महासचिव विजय पाण्डे, हेभेन्ली गार्डेन किड्स क्याम्पसका प्राचार्य रचना क्षेत्री लगायतले बोल्दै अन्तर्राष्ट्रियस्तरको विद्यालय रुपन्देहीमै भएकाले बाहिर विद्यार्थी पठाउन नपर्ने बताए । उनीहरुले अब काठमाडौं, दिल्ली र बाहिरका मुलुकमा पढ्न सकिने शिक्षा रुपन्देहीमा भएकोमा खुशी व्यक्त गरे । एकेडेमीका संस्थापक प्राचार्य राजेन्द्र कुंवरको स्वागत तथा सह–प्राचार्य लिलामणी पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नमस्ते एकेडेमी विगत ३ वर्षदेखि रुपन्देहीको तिलोत्तमा–१४ मा सञ्चालन भइरहेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij