२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

प्रधानमन्त्री देउवासँग जसपा अध्यक्ष ठाकुरको आग्रह

बुधवार , श्रावण ६, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौँ, ६ साउन । 

    प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाएअनुरुप मधेशका मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। 

    प्रधानमन्त्रीसँगको भेटमा पार्टीले उठाएका मुद्दालाई यथासक्य चाँडो सम्बोधन गर्न आग्रह गरिएको ठाकुर निकट एक नेताले जानकारी दिए । यसअघि मङ्गलबार जसपा अध्यक्ष ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा प्रतिबद्धता जनाए अनुरुपका विषय चाँडो पूरा गराउन माग गरेको थियो ।
         
    जसपाले संविधान संशोधन, झुटा मुद्दा फिर्ता, रेशम चौधरी लगायतका बन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीयहरुको जनसङ्ख्याको अनुपातमा पुनः संरचनालगायत समस्या समाधान गरिनुपर्ने माग गरेको छ । रासस