२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

रुपन्देहीमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

बुधवार , श्रावण ६, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • ६ साउन, भैरहवा । 

    रुपन्देहमिा पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार एक सय ६६ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ३६  जनामा संक्रमण पुष्टि भएको हो ।

    हालसम्म रुपन्देहीमा २८ हजार ८ सय ८० जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने २८ हजार ४६ जना  संक्रमण मुक्त भएका छन्  ।

    हालसम्म कोरोना संक्रमणका कारण  जिल्लामा ५ सय ५ जनाको मृत्यु भएको छ  ।

    कुन पालिकामा कति संक्रमित  थपिए ?

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा १३, बुटवल उपमहानगरपालिकामा ९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै सैनामैना नगरपालिकामा ९,  कन्चन र ओमसतिया  गाउँपालिकामा २/२,  देवदह नगरपालिकामा १  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।